३० आश्विन २०८३, शुक्रबार

एनआरएनएका गल्फ उप–संयोजक गुरुङद्वारा आफूविरुद्ध आएका समाचारको खण्डन

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद गल्फ उप–संयोजक प्रवीन गुरुङले आफ्नाविरुद्ध पत्रपत्रिका र केही अनलाइन सञ्चारमाध्यमले दिएको समाचारको खण्डन गरेका छन् ।

गुरुङले विज्ञप्ति जारी गरेर आफूविरुद्ध आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएका हुन् । उनले आफ्नाविरुद्ध लेखिएको समाचार कपोलकल्पित र भ्रामक समाचार रहेको भन्दै विश्वास नगर्न अनुरोध गरेका छन् ।

गुरुङले आफ्ना र आईसीसी सदस्य मनोज गोर्खालीको नाम जोडेर गलत समाचार प्रकाशित गर्ने संचार माध्यमलाई कारबाहीको माग समेत गरेका छन् ।

‘चितवन घरभै कतारमा लामो समयदेखि निजी व्यवसायको अतिरिक्त नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् गल्फ उप–संयोजक पदमा वहाल रहँदै आएको र गैर आवासीय नेपालीहरूको महान अभियानमा हिजो, आज र भोलिका दिनहरूमा समेत निरन्तर रहनेछ’, उप–संयोजक गुरुङले भनेका छन् ।

सामाजिक अभियानमा निरन्तर रहेको भन्दै उनले सामाजिक कार्यको अतिरिक्त कतारमा आफ्नो निजी व्यवसाय पनि संचालन गर्दै आएको बताएका छन् ।

उनले दुःखमा परेका नेपाली दाजुभाइहरूलाई रोजगारी समेत दिँदै आइरहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

आफूलाई लक्षित गरी केही सञ्चारमाध्यमले चरित्रहत्या गरेकोमा उनले बताएका छन् । ‘समाचारमा भनिए जस्तो कुराहरूको पुष्टि भएमा कारवाहीको भागिदार हुन तयार छु’, उनले भनेका छन्, ‘गलत समाचार लेखेर भ्रम फैलाउने पक्षले पुष्टि गर्न नसकेमा उक्त संचार माध्यमलाई कारवाहीको दायरामा ल्याई प्रचलित कानूनअनुसार कारवाही गर्नुपर्छ ।’