बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलन जुलाईमा हुने

दैनिक नेपाल २०७६ वैशाख २७ गते ८:५४

विजय थापा

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेशनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने भएको छ ।

केही समय अगाडि यही सम्मेलनको लागि संस्थाका पदाधिकारीहरुले समुदायसंग राय, सल्लाह, सुझाव लिएका थिए ।

गत वर्ष शिकागोमा ३ वटा संस्थाहरू एएनए ,आन्मा र नासाको आयोजनामा सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नाम दिई सफलता पूर्वक सम्पन्न गरेको थियो । त्यसलाई निरन्तरता दिदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा एएनए ,आन्मा र बाल्टिमोरको बाना संस्थाको सयुक्त आयोजनामा नेपाली राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

सम्मेलन हुन करीव दुई महिनाको अवधि रहेकोले त्यसको तयारीको लागि बाल्टिमोरमा होटलको निश्चित गरिएको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका सम्मेलन सभापति विजय श्रेष्ठले दिएका छन् ।

सम्मेलन स्थल होटल रेड लायन रहेको छ । आगामी मे १० शुक्रबार देखि आफ्नो कोठाहरु सुरक्षित गर्न चाहनेले खुशी साथ स्थान सुरक्षित गर्न पाइने सम्मेलन सभापति श्रेष्ठले बताए ।

सम्मेलन नेपाली नेसनल कन्भेन्सन २०१९ ले गर्ने छ भने बाल्टिमोर सम्मेलनको आतिथ्य बानाले गर्ने छ । बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महा बाणिज्यदूत प्रेमराजा महत रहेका छन ।

सम्मेलन सभापति श्रेष्ठले यस भेकमा रहनु हुने सबै नेपाली समुदायलाई अहिले देखि नै आफ्नो मिति तिथि भित्ते पात्रोमा रोक्न आग्रह गरेका छन् ।

यसलाई सफल बनाउन बिभिन्न समिति उपसमिति तथा अन्य जानकारी नियमित रुपमा सम्मेलन नसकुन्जेल संचार माध्यम मार्फत दिने श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित