आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

बाबुरामको बर्हिगमनले उब्जाएका प्रश्न

-वि.वि. श्रेष्ठ २०७६ वैशाख २५ गते १३:३३

-वि.वि. श्रेष्ठ

अन्ततः आशावादी नेता बाबुराम भट्टराईको विश्वास जनमानसबाट गुम्दै गएको छ । उदयीमान नक्षत्रको रुपमा स्थापित नेताका रुपमा देश र विदेशमा समेत छवि बनाएका पूर्वप्रधानमन्त्री एवं तत्कालिन माओवादीका एक निडर नेता समयको चक्र सँगै विलिनतर्फ उन्मुख बन्नेतर्फ लागेका छन् ।

समाज र देश परिवर्तनका खातिर सत्रौँ हजारको वलिदानी, कयौँ विस्थापित, अंगभंग बनाएर सुरक्षित अवतरणलाई नै जीवन देख्ने लोभलालसामा पुगेका डा. बाबुराम भट्टराईको फोरम नेपालसँगको एकता सँगसँगै बचेखुचेको छवि पनि धुमिल बन्न पुगेको छ । पात्र मात्र होइन, व्यवस्था नै परिवर्तनले मात्र जनता र देश परिवर्तन गर्न सकिन्छ भनेर लामो समय जनयुद्धमा होमेर हजारौँको विचल्ली बनाएका बाबुराम अहिले शक्ति आर्जनका लागि फोरमको वैशाखी टेक्न पुगेका छन् । यो सँगसँगै बाबुरामको त्यो विद्धता, त्यो दृष्टिकोण त केवल क्षणिक र सत्ता प्राप्तिका लागि मात्र रहेछ भन्ने पुष्टि हुँदै गएको छ । लामो समयसम्म व्यवस्था परिवर्तनका लागि लडेका बाबुराममा यति चाँडै वैचारिक विचलनले प्रवेश गर्ला भन्ने नसोचेका आम जनता भट्टराईको फोरमसँगको पार्टी एकतापछि वास्तविक कमजोर धरातलको प्रतिकका रुपमा बुझेका छन् ।

जनयुद्धको सफल अवतरणमार्फत देशलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको र संघीय गणतन्त्रको मुख्य नायकका रुपमा ईतिहासमा दर्ज भएका बाबुरामको यो पतनोन्मुख मार्ग यति चाँडै होला भन्ने आम मानिसले कल्पना पनि गरेका थिएनन् ।

बाबुराम भट्टराईमा यति धेरै वैचारिक विचलन किन आयो ? आखिर बाबुराम को बाट परिचालित थिए र कहाँ गएर स्वखलित भए ? राजनैतिक विचार र वहस गर्नु आवश्यक छ । साम्यवादको नक्साकंन कोरेर जनयुद्धमा होमिएको बाबुराम नवसामन्तवाद, विखण्डनवादमा गएर कसरी फस्न पुग्यो ? हिजो जनयुद्ध शुरु गर्नुभन्दा अगाडी देखेको नेपालको त्यो दिशा अहिले आएर कति पुरा भयो ? समयको चक्र सँगै बाबुरामले अवश्य जवाफ दिनु नै पर्नेछ ।

देशमा विकास, व्यवस्था परिवर्तनमार्फत जनतामा समृद्धिको सपना देखाएका बाबुराम राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नेता हुँदै क्षेत्रीय नेतामा विर्सजन हुन पुग्नु आम जनता र राजनैतिककर्मीका लागि चासोको विषय बनेको छ । जनयुद्धकालमा नेतृत्वमा रहेर राजसंस्थालाई वर्हिगमन गर्न बाध्य बनाउने ल्याकत राख्ने नेतृत्वकर्ता बाबुराम नयाँ शक्ति पार्टीको गठनसँगै विसर्जन उन्मुख बन्दै फोरम नेपालसँगको एकतापछि सडकमा हराउन पुग्यो । हिजो जनयुद्ध र शान्ति प्रक्रियासम्म महत्वपूर्ण भूमिका खेल्न सक्ने बाबुराम आजको अवस्थासम्म आइपुग्दा ढल्कदो उमेरको त्यो सोच हो वा कमजोर मानसिकताका कारण जनताको नजरमा नाङ्गिन पुग्यो । बाबुराम भट्टराईको यो जीवनी नयाँ पीढीका लागि अध्ययन र खोजको विषय बन्ने नै छ ।

कतैबाट पनि शक्ति र सत्तामा पुग्ने अस्त्र देख्न नसकेका बाबुराम फोरमको बैशाखीमा राजनीति गर्न सकिन्छ भन्ने सोच उनको कमजोर मानसिकताको द्योतक शिवाय अन्य केहि होइन ।

जनयुद्धको सफल अवतरणमार्फत देशलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको र संघीय गणतन्त्रको मुख्य नायकका रुपमा ईतिहासमा दर्ज भएका बाबुरामको यो पतनोन्मुख मार्ग यति चाँडै होला भन्ने आम मानिसको कल्पना भन्दा बाहिरको सोच थियो । जनयुद्धको सफल अवतरण पाश्चात शान्ति प्रक्रियामार्फत देशमा विकास र परिवर्तन गर्न सकिन्छ भन्ने सोचका साथ संविधान सभामार्फत संविधान बनाउने एक हस्ती बाबुराम भट्टराईको भोलिको बाटो के होला, व्यग्रतामा आम जनता बसिरहेका छन् ।

शान्ति प्रक्रियामार्फत देशमा तत्कालिन माओवादीको उपादेयता सकिएको बताउने बाबुराम नयाँ शक्ति पार्टी खोलेर देशलाई डोर्याउन सकिने जुन संकल्पका साथ तत्कालिन माओवादीबाट बाहिरिए, त्योसँगै बाबुरामको पतन भएको यथार्थतालाई बुझनुपर्दछ । त्यति धेरै योगदान दिएर व्यवस्था नै परिवर्तन गर्न र जनताको संविधान सभावाट संविधान बनिसकेपछि तत्कालिन माओवादीको कार्यभार र उपादेयता सकियो भनेर नयाँ शक्ति पार्टीको गठन गर्नु नै बाबुरामको पतनको मार्गदिशा रहेको थियो । कुनै पनि पार्टीको योगदान र तपस्याबवाट सम्भव भएको व्यवस्थालाई निष्कर्षमा नपुर्याई छोड्नु नै बाबुरामका लागि घातक बनिदियो । जुन वर्तमानले पनि पुष्टि गरेको छ ।

क्षेत्रीय दल फोरमसँगको एकताले बाबुरामलाई केही दिन, महिना र समय मात्र राहत दिएता पनि बाबुराम भट्टराई पुनः पछुताउनुको विकल्प छैन । जुन समयले छिट्टै देखाउनेछ । बाबुरामले भन्दै आएको नयाँ नेपालको निर्माण अब कहाँ पुग्ला ? पेचिलो प्रश्न तेर्सिएको छ ।

शान्ति प्रक्रियाको अगुवा, जनयुद्धको अभियन्ता, र तत्कालिन माओवादी पार्टीको तर्फबाट देशका प्रधानमन्त्री समेत बनिसकेका बाबुरामको विद्धतामा कसरी बिर्को लाग्यो ? आफूले जन्माएको दावी गर्ने गणतन्त्रलाई हुर्काउन र बढाउन छाडेर नयाँ घरवार जोडेका बाबुराम नयाँ शक्तिको गठनाट नै ओरालोउन्मुख लागेको यथार्थतालाई नकार्न सकिदैन । गणतन्त्रको संस्थागत विकास र त्यसको परिधि, क्षेत्राधिकार र त्यसबाट हुने सकारात्मक उपलव्धिलाई जनतामा लैजाने बेलामा नयाँ शक्तिको गठन र अहिले फोरमसँगको एकताले जनतामा नेता र नेतृत्व मात्र होइन स्वयं बाबुराम भट्टराईको साख धुमिल बनाइदियो । जुन आम जनताको सोच बाहिरको घटना बनिदियो ।

साँच्चै मानव जाति समयको बन्धक हो । समय र बढ्दो उमेरसँग बाबुराम भट्टराईको ईच्छाशक्ति समेत घटेर गयो । जुन मानवीय मूल्य, मान्यताको एउटा द्योतक हो । बाबुराम पनि अछुतो रहन सकेनन् । नयाँ नेपालका निर्माणका लागि हतियार समेत उठाएर देशलाई शान्ति प्रक्रियामार्फत जनतामार्फत जनताको संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका बाबुराम भट्टराई शक्ति र सत्ताका लागि क्षेत्रीय दल फोरमसँगको एकताले उनमा थकान र रुझानको अनुभूति पाउन सकिन्छ । तर, यति छिट्टै बाबुराम भट्टराईको साख धुमिल होला भन्ने नेपाली जनताले मात्र होइन अन्र्तराष्ट्रिय जमातले पनि सोच्न सकेका थिएनन् । जुन बाबुरामले चाँडै नै पुरा गरेर देखाइदिए ।

विश्वका ईतिहासलाई केलाउने हो भने धेरै आन्दोलन र उपलब्धिहरु विसर्जनमा लगेर टुङ्गिएको पाइन्छ । नेपालका राजनीतिको ईतिहासमा पनि बाबुराम पनि त्यहि पंक्तिमा उभिन पुग्यो । जुन आम जनताको कल्पना बाहिरको विषय थियो । नयाँ शक्तिको गठन पश्चात जनतामा गएर चुनावमा होमिएको बाबुुराम भट्टराईको प्रतिनिधिसभामा एक सिट र अन्य तहमा समेत नगण्य उपस्थिती शिवाय केहि हुन सकेन । छाडेर आएको तत्कालिन माओवादी पार्टीमा जानै नसक्ने तहमा पुगेका बाबुराम उपेन्द्र यादवको पार्टी एकतासँगै संसदको तेश्रो ठूलो दल बन्न पुगेको छ ।

लामो समयसम्म उर्वर सोच, उमेर सर्मपण गरेका बाबुरामको प्रस्थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवाय अन्य बन्न सक्दैनथ्यो । तर, त्यो बाबुराम जस्तो दूरदृष्टि र विद्धानले सोच्न सकेनन् ।

त्यहि शक्तिमा रहेर केहि समय शक्ति र सत्तामा पुग्न सक्ने आश गरेका बाबुराम फोरमसँगको एकता पनि लामो समय शक्ति आर्जनका लागि सहज बन्न कदापी सक्ने छैन । यो कुरा बाबुराम जस्तो विद्धताले बुझन सकेनन् । जुन उनको दुर्भाग्य हो । कतैबाट पनि शक्ति र सत्तामा पुग्ने अस्त्र देख्न नसकेका बाबुराम फोरमको वैशाखीमा राजनीति गर्न सकिन्छ भन्ने सोच उसको कमजोर मानसिकताको द्योतक शिवाय अन्य केहि होइन । शक्ति र सत्ताका चास्नी नै राजनीति हो भन्ने बुझेका नेपाली जनताले बाबुरामको आगमन र बर्हिगमन पनि त्यसैको सूचक हो भन्ने बनिदियो ।

लामो समयसम्म उर्वर सोच, उमेर सर्मपण गरेका बाबुरामको प्रस्थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिवाय अन्य बन्न सक्दैनथ्यो । तर, त्यो बाबुराम जस्तो दूरदृष्टि र विद्धानले सोच्न सकेनन् । प्रचण्डसँगको टकरावले जनताका नजरबाट गिरेका बाबुराम अबका दिनमा राजनीतिबाट कदापी माथी उठ्न सक्दैन । व्यक्ति होइन पार्टी ठूलो हो भन्ने विषय बारम्बार उठाएका बाबुरामको बाटोले नेपालका राजनीति थप दुषित बनाएको छ । क्षेत्रीय दल फोरमसँगको एकताले बाबुरामलाई केही दिन, महिना र समय मात्र राहत दिएता पनि बाबुराम भट्टराई पुनः पछुताउनुको विकल्प छैन । जुन समयले छिट्टै देखाउनेछ । बाबुरामले भन्दै आएको नयाँ नेपालको निर्माण अब कहाँ पुग्ला ? पेचिलो प्रश्न तेर्सिएको छ ।

प्रतिक्रिया
सम्बन्धित