शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

किरण सिटौला दोश्रो कार्यकालको लागि पुनः उपनगर प्रमुखमा बिजयी

दैनिक नेपाल २०७६ वैशाख २५ गते १०:५७

विजय थापा

डिसी । किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उपनगर प्रमुखमा दोश्रो पटकको लागि पुनः विजयी भएका छन् ।

उनी यसै नगरपालिकाका पूर्व उपनगर प्रमुख पनि हुन् । अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबैभन्दा पहिला उपनगर प्रमुखमा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् ।

टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा सिटौला सहित ६ जना उम्मेदवार रहेका थिए । जनताले पुनः सन् २०१५ मा निर्वाचित भएका तिनै उम्मेदवालाई सोही पदमा निर्वाचित गरेका छन् ।

उक्त पदको कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व नगरि सिटौला स्वतन्त्र रुपमा चुनावमा लडेका थिए । उनले कूल मत २०८ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकामा अनुमानित ४ हजार ५ सय परिवार रहेका छन् भने मतदाता करिव ३ हजार रहेका छन् । आज कुल मत ४४२ खसेको थियो ।

सन् २०१५ मा सर्वाधिक मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका ब्राण्डन पौलिन मेरिल्याण्डको ईतिहासमा सबै भन्दा कान्छो ब्राण्डन ले पुन उम्मेदवारी दिएका थिए भने उनि नगर प्रमुख दोश्रो पटक बिजयी भएका छन् । उनले ३०९ मत ल्याई नगर प्रमुख भएका छन् ।

सिटौलाले सन् २०१५ मा दोश्रो ज्यादा मत ल्याएकोले यस पटक पनि दोश्रो ज्यादा मत २०८ मत प्राप्त गरि उप नगर प्रमुख भएका छन् । यस पटक सिटौलाले नगर प्रमुख पदको लागि नगर प्रमुख ब्राण्डन पौलिन संग प्रतिस्प्रद्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित