७ कार्तिक २०८३, शनिबार

पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ । तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको विधेयकमा यस्ता केही विषय सच्याइएको छ ।

कानूनमन्त्री भानुभक्त ढकालले श्रव्य–दृश्य माध्यमबाट विद्युतीय अभिलेखमा उल्लेख भएका कुराहरू प्रमाणमा लिने तथा अदालतले श्रव्य–दृश्य संवादमार्फत मौखिक प्रमाण बुझ्न सक्नेलगायतका विषय समावेश गरी प्रमाण कानूनलाई समसामयिक बनाउन प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको उक्त विधेयक ल्याइएको हो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता तथा मुलकी देवानी संहितामा गरिएको व्यवस्थामा एकरूपता ल्याउन तथा विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकाससँगै प्रमाणका स्वरूपमा परिवर्तन भएकाले नयाँ विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।