७ कार्तिक २०८३, शनिबार

आठ सय मिटर सडकको बीचमा पाँच बिजुलीका पोल

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । राप्ती नगरपालिकाले सडक निर्माण, सिँचाइजस्ता विकास निर्माणलाई तीव्रता दिइरहेको छ । तर, नगरपालिकाले गरेको विकास निर्माणका योजनामा त्रुटि नै त्रुटि छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नगरपालिकाले बनाएको सडक देखेर यात्रु नै व्यंग्य गर्छन् । पूर्व–पश्चिम राजमार्गआसपासका यी शाखा सडक नागबेली मात्र छैनन्, बीचमा बिजुलीका पोल ठडिएका छन् । समथरस्थलमा सीधा सडक बन्न सक्ने भए पनि उपभोक्ता खुसी पार्न नगरपालिकाले घुमाउरो सडक बनाएको हो ।

नगर क्षेत्रका केही सडकमा पिचको सट्टामा कंक्रिट ढलान गरिएको छ । अलकत्रा पिचभन्दा महँगो भए पनि लामो समयसम्म नबिग्रने भएकाले ढलान गरेको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले बताए । डुबानमा पर्ने र पानी जम्ने समस्याका कारण पनि ढलान गरेको उपप्रमुख लामाले बताए ।

‘२० देखि २५ प्रतिशत खर्च बढी लाग्ने रैछ,’ उनले भने, ‘जनअपेक्षाअनुसार नै पिचको साटो ढलान गरिएको हो ।’ वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीले भने बजेट कम पर्ने, तर थोरै बजेटमा धेरै काम गर्नुपर्दा समस्या हुने गरेको बताए । वडाध्यक्ष सुमिता डल्लाकोटीले कम बजेटमा धेरै काम गर्नुपर्दा समस्या भएको बताइन् ।