७ कार्तिक २०८३, शनिबार

बालकमाथि यौनदुराचार गर्ने युरोपियन युनियनका पूर्व कर्मचारी पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरुमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो ।

पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए ।