७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीको गृहजिल्लामा योजनाहरू अलपत्र

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २२ वैशाख । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । नागरिक दैनिकले समाचार छापेको छ ।

तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन ।

विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन् ।