शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

विप्लवको लेख – प्रचण्ड रणनीति र प्रयोगबारे खुलासा

नेत्रविक्रम चन्द ‘विप्लव’ २०७६ वैशाख २१ गते १२:०६

-नेत्रविक्रम चन्द ‘विप्लव’

प्रचण्डको एउटा खतरनाक र धूर्त प्रवृत्ति यो छ कि उनले पार्टीभित्र चल्ने वैचारिक–राजनीतिक सङ्घर्षलाई समाजको वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको स्वाभाविक उपजको रूपमा कहिल्यै लिएनन् ।

उनका विरुद्ध जति पनि सङ्घर्षहरू पैदा हुन्छन्, तुरुन्तै कुनै बाह्यशक्ति र तइभ्वहरूको चलखेल, उक्साहट, घुसपैठको रूपमा अथ्र्याउन पुग्छन् । जब उनका खराबी र विचलनविरुद्ध सङ्घर्ष हुन्छ, तब उनले कुनै गाउँको धामीझाक्रीले अनुमानका भरमा बोक्साबोक्सीको आरोप लगाएर सोझा–सिधा गाउँलेको जीवन समाप्त पारे जसरी, आँखा बटारेर कसैलाई भारतले चलाएको, ‘रअ’ ले उचालेको, कसैलाई पश्चिमा (अमेरिका, ब्रिटेन) ले चलाएको, कसैलाई दरबारले खेलाएको भनेर भ्रम प्रचार गरिहाल्छन् । उनलाई थाहा हुन्छ, यो समस्या आफैँभित्रको वैचारिक–राजनीतिक कारणले पैदा भएको हो तर यो भयो भने आफू समाप्त हुने त्रासले त्यो हुन दिनुहुँदैन भन्ने उनको सिद्धान्त रहिआएको छ ।

यो साँचो हो कि यदि जे हो, त्यही रूपमा अन्तर्सङ्घर्ष र दुईलाइन सङ्घर्ष रहने स्थिति हुँदो हो त उनको धूत्र्याइँ उहिल्यै समाप्त भइसक्थ्यो । सायद नेपाली क्रान्तिले यति ठूलो क्षति व्यहोर्नुपर्दैनथ्यो ।

प्रचण्डले जनयुद्धकालमा बाबुराम, बादल, पम्फा, मातृकाविरुद्ध यो प्रचारको हतियार प्रयोग गरे । बाबुरामलाई त उनले दिल्लीको चेलो र भारतको जासुसभन्दा माथि कहिल्यै रहन दिएनन् । जतिपटक बाबुरामसँग सङ्घर्ष हुन्थ्यो, उनले भारतपरस्तको सूत्र प्रयोग गरिहाल्थे । प्रचण्डले बाबुरामलाई वैचारिक रूपले किन गलत भन्ने सावित गर्न कोसिस नै गर्दैनथे, गरे पनि निकै कम; बाँकी जम्मै षड्यन्त्र मात्र ! जसको बारेमा माथि नै चर्चा गरिसकिएको छ । यही सूत्र कारबाहीको समयमा बादल र पम्फाविरुद्ध पनि प्रयोग गरे । पम्फामार्फत भारत छिरेर बादललाई कब्जा गर्न खोजेको प्रचार थियो । यसैमा पछि मातृका पनि बेलाबेला पर्थे ।

यो साँचो हो कि यदि जे हो, त्यही रूपमा अन्तर्सङ्घर्ष र दुईलाइन सङ्घर्ष रहने स्थिति हुँदो हो त उनको धूत्र्याइँ उहिल्यै समाप्त भइसक्थ्यो । सायद नेपाली क्रान्तिले यति ठूलो क्षति व्यहोर्नुपर्दैनथ्यो । यसो त राजनीतिक एवम् सैन्य–कुटनीतिमा भ्रम–प्रचारलाई युद्धको एउटा हतियार मान्ने चलन नै छ । यसको प्रयोग सबैभन्दा बढी त साम्राज्यवादी र पुँजीवादीहरूले नै गर्दै आएका छन् । प्रचण्ड यसका स–सानो चेला मात्र हुन् । जब कि यो भ्रम–प्रचारको सिकार जनयुद्धकालमा स्वयम् प्रचण्ड पनि भएका हुन् । उनलाई कांग्रेस–एमालेहरूले कहिल्यै पनि आत्मनिर्भर नेता र जनयुद्धको वाहकको रूपमा स्थापित हुन दिएनन् । उनीहरूले पहिले शीतल निवासले चलाएको दरबारको दलाल भने ! प्रचण्ड भन्ने मान्छे नै छैन, ज्ञानेन्द्रको नाम नै प्रचण्ड हो, पारसको उपनाम हो सम्म भने ! पछि जब प्रचण्डहरू भारतमा बस्छन् भन्ने थाहा पाए, तब एकोहोरो भारतबाट सञ्चालित, संरक्षित र भारतका दलाल भनेर बद्नाम गरे । त्यसले नेपाली जनतामा एकहदसम्म भ्रम पनि परेको देख्न सकिन्छ ।

प्रचण्डहरूले हाम्रोबारेमा जे–जति भ्रम–प्रचार चलाएका छन्, तिनको बारेमा अब धेरै कस्साकस्सी गर्नुपर्ने देखिँदैन । क्रान्तिको प्रवाहमा परेर ती एकपछि अर्को स्वतः धुजाधुजा हुँदै गएका छन्,

विडम्बना ! जुन भ्रम–प्रचारले प्रचण्डको हालत खराब गरिदिएको थियो र आफू निकै पीडित हुनुपरेको दुःखेसो गर्थे । आज इतिहास पार गर्दै प्रचण्डहरूले हाम्रोबारेमा त्योभन्दा चर्को भ्रम–प्रचारमा टुप्पी कसेर उत्रेका छन् । उनीहरूले हाम्रोबारेमा अनेकौँ भ्रमहरू फैलाएका छन् । मुख्यतः दरबारसँग जोडिएको या दरबारले चलाइरहेको, भारतको ‘रअ’ ले भेटेर सहयोग गरेको, मोदीको सल्लाहकारले भेटेको, चीनले सञ्चालन गरेको, पश्चिमाहरूले सञ्चालन गरेको, नेपाली सेनासँग मिलेर ‘कू’ गर्न खोजेको, क्रान्ति नभएर पदका लागि लेनदेन गर्न खोजेको, अतिवादी भएको, जबर्जस्त क्रान्ति गर्न खोजे प्रभाकरणजस्तो हुने आदि आदि । प्रचण्डहरूले हाम्रोबारेमा जे–जति भ्रम–प्रचार चलाएका छन्, तिनको बारेमा अब धेरै कस्साकस्सी गर्नुपर्ने देखिँदैन । क्रान्तिको प्रवाहमा परेर ती एकपछि अर्को स्वतः धुजाधुजा हुँदै गएका छन्, जनता पनि स्पष्ट बन्दै गएका छन् तथापि भ्रम भनेका भ्रम नै हुन्, भ्रम भनेका एकप्रकारका विष हुन्, तिनको बारेमा सच्चाइ बताउनैपर्छ र केही विषयमा चर्चा गर्नुपर्ने हुन्छ ।

पहिलो कुरा, दुनियाँले बुझेको हुनुपर्छ, क्रान्ति र क्रान्तिकारीहरू कसैको दलाल या खेलौना बन्नुपर्ने हुँदैन । क्रान्ति आफैँमा सम्पूर्णखाले प्रतिक्रियावादी विचार र प्रवृत्ति धार हो । यो त्यतिबेला मात्र क्रान्ति हुन्छ, जतिबेला यसले गलत विचार र प्रवृत्तिविरुद्ध विद्रोह गर्छ र सबै खराब प्रवृत्तिहरूलाई छोडेर अगाडि बढ्छ । यसको ठीक विपरीत सच्च्चाइ यो हो कि क्रान्तिबाट भागेका या आत्मसमर्पण गरेका तइभ्वहरू भने कसै न कसैको अङ्ग या दलाल नबनेर टिक्न र बाँच्न नै सम्भव हुँदैन । उनीहरूको अस्तित्व नै पुँजीवादी र साम्राज्यवादीको अङ्ग बनेर रहन सक्छ । त्यसैले हाम्रो पार्टी र क्रान्ति कुनै पनि शक्तिकेन्द्र र तइभ्वको दलाल हुने कल्पनै नगरे हुन्छ तर प्रचण्डहरू भने कुनै एक शक्तिकेन्द्रको फेरो नसमातेसम्म बाँच्न नै सम्भव छैन । तसर्थ, यदि दलाल नै बन्ने अवस्था हो भने त्यो हामी क्रान्तिकारीहरूको होइन कि प्रचण्डहरूको मात्र हुन सक्छ ।

दोस्रो कुरा, क्रान्तिकारीहरू कम्युनिस्ट अन्तर्राष्ट्रवादी र मित्रशक्तिहरूसँग बाहेक साम्राज्यवादीहरूसँग जोडिन पुग्दा ध्वस्त हुन्छन् भने आत्मसमर्पणवादी र प्रतिक्रान्तिकारीहरू साम्राज्यवादीहरूसँग नजोडिँदा ध्वस्त हुन्छन् । क्रान्तिकारीहरूको जीवन र विजय क्रान्ति र क्रान्तिकारी भाइचारा सम्बन्धमा हुन्छ भने आत्मसमर्पणवादीहरूको जीवन साम्राज्यवादीको दयामायामा निर्भर हुन्छ । यसर्थमा पनि नेपाली क्रान्तिमा क्रान्तिकारी शक्ति र धारा साम्राज्यवादी तइभ्वहरूसँग जोडिने सम्भावना नै रहँदैन र छैन पनि ।

प्रचण्डहरू आज कसरी दिनरात विदेश भ्रमणमा लाजशरम पचाएर कुदिरहेका छन्, कसरी विदेशी मालिकसामु जीवनरक्षाको याचना गरिरहेका छन्, कसरी सत्तास्वार्थका लागि चाकरीमा जुटिरहेका छन्

यदि,  कुनै तरिकाले यो साम्राज्यवादी तइभ्वहरूसँग जोडिन पुग्यो भने जोडिएको दिनमा नै क्रान्ति ध्वस्त हुन पुग्छ । तर, आत्मसमर्पणवादी र प्रतिक्रान्तिकारीहरू भने आफ्नो फाइदा, स्वार्थ र अस्तिइभ्वका लागि साम्राज्यवादी तइभ्वहरूसँग नजोडिएर सुखै छैन, जसको नाङ्गो क्रियाकलाप प्रस्टसँग देखिरहेका छौँ । प्रचण्डहरू आज कसरी दिनरात विदेश भ्रमणमा लाजशरम पचाएर कुदिरहेका छन्, कसरी विदेशी मालिकसामु जीवनरक्षाको याचना गरिरहेका छन्, कसरी सत्तास्वार्थका लागि चाकरीमा जुटिरहेका छन्, कसरी साम्राज्यवादीका अरबौँ रिूपयाँमा नाचिरहेका छन् यति नै बुझ्दा पनि प्रस्ट भइहाल्छ, को विदेशीसँग झुण्डिएर बाँच्न बाध्य छ !

तेस्रो कुरा, हामी केमा विश्वस्त हुनुपर्छ भने क्रान्तिले भ्रमहरूलाई साफ पारिदिन्छ । भ्रम केवल स्वार्थ, लोभलालच, सम्झौता, धोका, गद्दारीमा मात्र बाँच्न सक्छ । क्रान्ति अगाडि बढ्न सकेन भने भ्रमले मौलाउने जमिन पाउँछ तर जब क्रान्ति अगाडि बढ्छ, तब भ्रमका एक–एक पत्ता धुजाधुजा हुन पुग्छन, भ्रमभित्र छिपेका स्वार्थी, अनैतिक, धोकेबाज, भ्रष्ट अनुहारहरू नाङ्गो हुन पुग्छन् र सच्चाइ दुनियाँले देख्नेगरी बाहिर आइपुग्छ । क्रान्तिले भ्रमलाई मनपरी बाँच्न दिँदैन । हामी जनयुद्धकै उदाहरण लिऔँ न, जतिबेलासम्म जनयुद्ध कलिलो थियो प्रतिक्रियावादी, संशोधनवादी र गलत तइभ्वहरूले फैलाएका भ्रमहरूबारे नागरिकहरूलाई केही हदसम्म अन्यौल र भ्रममा पारेका थिए तर जब जनयुद्ध शक्तिशाली आँधीजस्तो अगाडि बढ्यो, तब सबै भ्रम–प्रचारहरू ध्वस्त मात्र भएनन् कि जनयुद्ध नेपाली जनताको महान् मुक्तियुद्ध हो भन्ने कसैले काट्न नसक्नेगरी स्थापित बन्न पुग्यो । अबको क्रान्तिमा हुने त्यही हो । यसमा कोही पनि भ्रममा रहनुहुँदैन ।

चौथो कुरा, क्रान्ति यस्तो शक्तिशाली प्रवाह हो, जसले भ्रमहरूलाई मात्र साफ गर्दैन कि प्रतिक्रान्तिकारी हावाभन्दा हजारौँगुणा शक्तिशाली धु्रव खडा गरिदिन्छ । माओले एक पटक भन्नुभएको थियो कि क्रान्तिमाथि प्रतिक्रान्ति हाबी होला या प्रतिक्रान्तिमाथि क्रान्ति हाबी होला, त्यो तुरुन्तै पूरा हुने कुरा होइन तर अन्ततः क्रान्ति नै प्रतिक्रान्तिमा हाबी हुनेछ । यो एकदमै सही विश्लेषण हो । जब क्रान्ति अगाडि बढ्छ, तब विश्वभर उत्पीडितवर्ग, जाति, समुदाय सारालाई नयाँ चेतना र सन्देशद्वारा उद्वेलित र आकर्षित गर्न पुग्छ । यसले क्रान्ति भइरहेको स्थानमा मात्र होइन, सबैतिर क्रान्तिकारी जागरण पैदा गर्छ । आत्मसमर्पणवादी र प्रतिक्रान्तिकारीहरूले अनेकौँ छलछाम गरे पनि क्रान्तिले ती सारा खराबीलाई परास्त गर्दै क्रान्तिकारी धारको निर्माण गर्दछ ।

विश्वका हरेक कुनामा विद्रोही र क्रान्तिकारीहरूको रगत लतपतिएको छ । महान् समाजवादी क्रान्तिहरूमा पनि क्रान्तिकारीहरूको रगत बगेको छ तर बलिदानले न क्रान्ति रोकिएको छ, न त बलिदानको त्रासले नै क्रान्तिबाट क्रान्तिकारीहरू पछि फर्किने कुरा आउँछ ।

पाँचौँ कुरा, क्रान्तिको यात्रा बलिदानीपूर्ण हुन्छ, यो कुरा सत्य हो । कुनै पनि क्रान्तिले केही न केही मूल्य नचुकाएर सफलता हासिल गर्न सक्दैन । के सामन्तवादविरुद्धको क्रान्तिमा पुँजीवादी र प्रजातन्त्रवादीहरूले बलिदान गर्नुपरेको थिएन र ? के फ्रान्सको क्रान्तिदेखि ब्रिटिस, अमेरिका, रुस, चीन, भारतका क्रान्तिहरू बिना–बलिदान पूरा भएका थिए ? के नेपाली विद्रोह र सङ्घर्षहरूमा नै बलिदान भएको थिएन र ? निश्चय नै भएको थियो । विश्वका हरेक कुनामा विद्रोही र क्रान्तिकारीहरूको रगत लतपतिएको छ । महान् समाजवादी क्रान्तिहरूमा पनि क्रान्तिकारीहरूको रगत बगेको छ तर बलिदानले न क्रान्ति रोकिएको छ, न त बलिदानको त्रासले नै क्रान्तिबाट क्रान्तिकारीहरू पछि फर्किने कुरा आउँछ ।

क्रान्तिमा प्रभाकरण पनि बन्न सकिन्छ, लेनिन, माओ र फिडेलहरूले हासिल गरेको विजय पनि पाउन सकिन्छ । यसको लागि हरदम आफूलाई तयार राखेर नै क्रान्तिकारीहरूले क्रान्तिको जिम्मेवारी उठाउने हो । हामी त्यसका लागि तयार भएर नै एकीकृत जनक्रान्तिको मार्गमा अगाडि बढेका छौँ । सच्चाइ यो पनि छ कि आत्मसमर्पणवादी र प्रतिक्रान्तिकारीहरूले न प्रभाकरणको जोखिम लिनुपर्छ, न त क्रान्तिको महान् गौरव नै प्राप्त गर्न पाउँछन् । उनीहरू केवल भौतिक सुखको लालचमा मालिकहरूको दास हुन मात्र योग्य हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित