३० आश्विन २०८३, शुक्रबार

प्रबासी नेपाली एकता समाज युएईको अध्यक्षमा शशि सिलवाल चयन

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रबासी नेपाली एकता समाज युएईको प्रथम अधिबेशन दुबईमा सम्पन्न भएको छ ।

अधिबेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको जिकिर गरे ।

लिङ्देनले राप्रपाको विषयमा रहेका भ्रमलाई चिर्दै अगाडि बढ्ने बिचार व्यक्त गरे । अधिबेशनको उद्घाटन गर्दै लिङ्देनले भूगोलको नेपाललाई भावनाको नेपालमा रहने प्रबासी नेपालीहरुले खबरदारी गर्नुपर्ने आबस्यकतामा जोड दिए ।

सो अबसरमा बोल्दै राप्रपा प्रदेश नम्बर ५ का अध्यक्ष प्रदीपकुमार उदयले मुलुकमा भ्रस्टाचार र बेतिथी बढेको भन्दै राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नु पर्ने बिचार ब्यक्त गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले प्रबासमा बस्ने नेपालीहरूको रेमिटेन्सबाट चलेको मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट हुनु दुर्भाग्यपुर्ण भएको बताए ।

त्रुटिपूर्ण मार्गचित्रले मुलुकलाई समस्याको दलदलमा फसेकोले मार्गचित्र परिबर्तन हुनुपर्नेमा जोड दिए ।

प्रबास बिभाग प्रमुख बिजय खड्काले प्रबासी नेपालीको मताधिकारको रक्षाको निमित्त राप्रपाले बुलन्द आबाज उठाएको बताए ।

सो अबसरमा प्रबासी नेपाली एकता समाज मध्य पूर्व अध्यक्ष तोयानाथ लम्साल लगायत विभिन्न संगठनका प्रमुखहरूले बोलेका थिए ।

प्रबासी एकता समाज युएईका अध्यक्ष शशि सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमले ३१ सदस्यीय कार्य समितिको सर्बसम्मत निर्बाचित गरेको छ ।