बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नागरिकता चोकको दोकानबाट किन्ने साधन होइन

दीपेश पुन २०७६ वैशाख १९ गते १२:५७

दीपेश पुन

नागरिता भनेको फगत प्रशासानिक झमेलाबाट बच्न चोकको दोकानमा फोटोकपी गरेर हाकिमलाई पेश गर्ने कागजको एकथान टुक्रा हैन । नागरिता भनेको आफ्नो गन्ध मिसिएको माटोको परिचय हो । भूगोलको ठेगाना हो ।

वंश र राष्ट्रियताको चिनारी हो । नागरिताले राष्ट्रिय राजनीतिको मताधिकारलाई सुनिश्चित गर्छ । र, नागरिताकै बहुमतबाट राज्यमा सरकार निर्माण हुन्छ । हामीले सुनेकै, पढेकै कुरा हो । नागरिताले मताधिकारको संख्या बटुल्छ ।

फिजीकरणको लामो चर्चा गर्न त चाहन्न तर, कुनैपनि सार्वमौम मुलुकलाई फिजीकरण गराउने अस्त्र नागरिता नै हो ।

हाम्रो देशमा नागरिकताका बारेमा केही आवाजहरू उठिरहेका छन् । तर, यो आवाज नयाँ भने हैन । कहिले मसिनो स्वरमा उठेका छन् । कहिले चर्को स्वरमा । खासगरी नेपालसंग सिमाना जोडिएका जिल्लाहरूमा नागरिताको दुरुपयोग भयो कि भन्ने आशंकाहरू ब्यापक छन् । ती सिक्किमबाट आएका हुन् वा बिहारबाट । कालो वर्णका हुन् वा गोरो ।

नेपाली भाषा जानुन् कि नजानुन् । मुख्य कुरा नेपाली जमिनसंग साइनो नभएकाहरूलाई नेपाली नागरिता कुनैपनि हालतमा दिनुहुँदैन । दिन मिल्दैन । यदि दिइयो भने त्यो राष्ट्रद्रोह नै हो ।

नागरिकता दिनु हुँदैन भनेर मात्र पनि हुँदैन । दिनु हुँदैन त सबैले भन्छ । मुख्य कुरा हाम्रो सुरक्षा रणनीति हो । नागरिताका सवालमा सुरक्षा रणनीति के हो त ? जस्तो कि विगतमा पनि पहाडमा होस् वा हिमालमा वा मधेसमै किन नहोस्, घुम्ती टोलीले नागरिता वितरण गर्दा चरम दुरुपयोग भएको देखिन्छ ।

छिमेकी देशहरूसंग जोडिएका जिल्लाहरूमा नागरिता वितरण गर्दा मापडण्डहरू के हुने ? त्यो आँकलन होस् भन्ने हो । किनभने विदेशीले नागरिता लिँदा त्यस्तो सोझो असर सिमानामा रहनेहरूलाई पर्छ ।

नागरितामा कडाई गर्दैमा राष्ट्रवादी भैहाल्ने भन्ने चाहीँ होइन । तपाई मधेसमा अनावश्यक शंका गर्दा नेपालीहरूले पनि वर्षौदेखि नागरिता नपाएको गुनासोहरू सुन्न पाइन्छ । यो निकै दुःखको कुरा हो । नागरिताको समस्या हल गर्नुपर्छ ।

आमाको नामबाट, बुबाको नामबाट, वंशज, अंगिकृत जे सुकै नामका नागरिता हुन्, हामीले नागरिता वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्छ ।

विगतको तुलनामा जनसंख्या ह्यवात्तै बढेको भन्ने आँकडाहरू बाहिर आएका छन् । नेपालको भौगोलिक बनोटभन्दा जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेर हिमाल पहाडभन्दा तराई मधेसमा निर्वाचन क्षेत्र बढी हुने कुराले जानेमानेका मानिसहरूले यसो हुनुका थुप्रै कारणप्रति संकेत गरेका छन् ।

भोलि नेपाली मूलवाशी नै अल्पसंख्यकमा नपरोस् । देश नेपालको तर, देशका नागरिकको बहुमत विदेशको नहोस् । हामी सबै समय मै सचेत होऔँ । हाम्रो देश संविधान विहीन छैन । न कसैको अधिनमा रह्यो, रहनेछ । हाम्रो नागरिता प्रणालीलाई मजबुत गराउनुको विकल्प छैन ।

(दीपेश पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्)

प्रतिक्रिया
सम्बन्धित