सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

राष्ट्रियता र अखण्डतामा चुकेको दुई तिहाइको सरकार

वीवी श्रेष्ठ २०७६ वैशाख १९ गते १०:२१

वीवी श्रेष्ठ

सुविधाजनक बहुमत एवं दुई तिहाइको सरकारका साथ नेकपा सरकारको नेतृत्व गरिरहेको छ । नेपालको ईतिहासमा लामो समयपछि बनेको स्थिर सरकार पाश्चात देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र राष्ट्रियताको सवालले नवजीवन पाउने व्यग्रप्रतिक्षामा रहेको आम जनता सरकारको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ताका नारा केवल भोटको नारा मात्र त थिएन भन्ने कुराको आवाज उठ्न थालेको छ ।

भारतीय हेपाहा प्रवृक्तिबाट आजित बनेको नेपालका जनताहरूस्थिर सरकार बनेर आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नेछ भन्ने आशामा बसेकाहरू निराशामा परिणत भएको छ । सरकार संचालनको लामो समय व्यतित भईसक्दा समेत भारतप्रतिको झुकावमा सरकार र नेताहरूको उही पुरानै शैलीका कारण देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका नारा त केवल जनता झुक्याउने अस्त्र त हैन भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

विगतमा भारतले गरेको नाकावन्दी र त्यसभन्दा पहिला पनि भएको नाकावन्दीबाट आहत भएको जनता तत्कालीन समयमा नेकपा एमालेको अध्यक्ष एवं हालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भारत विरोधी अभिव्यक्ति र चट्टानी अडानका सामु नतमस्तक बनेका थिए ।

त्यहि केपी शर्माको अडान र विरोधका कारण विना शर्त भारतले नाकावन्दी खोलेको मनमस्तिष्कमा बसेको नेपाली जनता केपी ओली नै राष्ट्रियता र देशका रक्षा गर्न सक्ने नेताका रुपमा परिचय बनाएको थियो ।

त्यहि अस्त्रले काम गरेको तत्कालीन चुनावमा देखाएको त्यहि मुद्धा नै नेकपालाई पहिलो र शक्तिशाली बनाउने मुख्य माध्याम बनेको थियो । त्यहि मुद्धामा आम जनताले नेकपालाई शक्तिशाली बनाउनुको मुख्य आधार भनेको ओलीको दुरदृष्टिता नभै भारतीय हस्तक्षेप विरुद्ध खेलेको भूमिका नै प्रधान थियो ।

त्यहि पृष्ठभूमिमा बनेको नेकपा सरकार र त्यसको नेतृत्वकर्ता केपी शर्माको प्रधानमन्त्रीत्व कालमा जनताले भारतवेष्ठित नभै भूपरिवेष्टित हुनेमा आशावादी हुन अश्वाभाविक थिएन । तर, लामो समयसम्म प्रधानमन्त्री भएर पनि भारतसँग कुटनीति माध्यामबाट फेस गरेर देशका सीमा होस् वा अन्य विषयमा जुन विषय उठान गर्नुपर्ने हो त्यो विषयमा ध्यान नदिँदा आम जनता निराश बनेका छन् ।

देशसँग सीमा जोडिएका नाकाहरूमा स्थिर सरकारको गठन पाश्चात सीमा रक्षक र आम देशका जनताले सुरक्षाका प्रत्याभूति जुन हुनुपर्ने थियो । त्यसमा केही पनि सुधार नहुनु सरकारको कमजोरी सिवाय केही हुन सक्दैन ।

देशका सिमानामा पर्न गएको नेपाली जनताले भोगेका आम समस्या समेत समाधान गर्न तत्पर नदेखिनुले पनि ओली सरकारको जनताप्रतिको नैराश्यता वढ्दै गएको पाईन्छ । मन्त्रिपरिषदवाट निर्णय भएर वंशजको आधारमा नागरिकता दिने प्रावधानले देश र सरकार अझै पनि भारतको भक्तिमा लागिपरेको देखिन्छ ।

सीमा नाकामा भारतीयहरुको नागरिकताका लागि आगमन र व्यवहारले देश कतै भारतीयको जंजालमा फस्न जाने त हैन भन्ने आम नेपाली जनतामा पर्न गएको छ । संविधान, ऐन नियम र कानूनभन्दा पनि भारतीयलाई नागरिक वनाउने अभिप्रायले वितरण गरिएको नागरिकताले दशौँ वर्ष जनयुद्ध र भारतविरोधी गतिविधी गरेको तत्कालीन माओवादी होस् वा राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि लडेको नेकपाको गतिविधिले हरेक पार्टी र नेताहरू जनतामुखी हैन भारतमुखी रहेको प्रष्ट बुझन सकिन्छ । नागरिकता वितरण के का लागि ?

देश र जनताका लागि कि भारतीयका लागि ? प्रश्न नाजायज हुन सक्दैन । देशका ऐन नियम र सविधानका अनुरुप हरेक नेपालीले नागरिकता प्राप्त गर्न सक्दछन् । यो एकमात्र सत्यतालाई समेत आत्मासात नगरी फगत कुर्सिका लागि गरिने भक्तिभावले आम नेपालीको भावनालाई ठेस सिवाय केही पु-याउँदैन ।

स्वनिर्भर र देशको अखण्डताका रक्षा गर्ने बताउनुभएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको यहि भूमिकाले नागरिकता वितरणको काण्डले थप दुषित बनाइदियो ।

लेखक

शक्तिकेन्द्रका वरिपरीस्थिर सरकार पनि झुक्दोरहेछ भन्ने निर्मला हत्याकाण्ड, तेत्तीस किलो सुनकाण्ड, सिण्डिकेट, वालुवाटारको जग्गा काण्डले सरकारलाई झन् कमजोर बनाइदियो ।

संघीयताका कार्यन्वयनमा आशातित सफलता हासिल गर्न केहि समय लाग्ने वुझेका जनताहरू काण्डै काण्डको भुमरीले जनतामा नैराश्यता थपिदियो । सार्वजनिक सम्पतिको समेत रक्षा गर्न नसक्ने सरकारको यहि रवैयाले विपक्षी पार्टी र आम जनतामा थप विरोधका स्वर बनिदियो ।

देशका सीमाको व्यवस्थापन मुख्य पाटो हो भन्ने एकमात्र सत्य समेत नवुझेको सरकार समस्या समाधानमा तत्परता नदेखाउँदा सर्वसाधारण जनताको नजरबाट समेत पतित बन्न पुगेको छ । दिनहुँ हुने भारतीय हस्तक्षेप र दादागिरी भोगेको आम नेपाली जनता सरकारको भूमिकाले थप कमजोर बनिदियो । देश र राष्ट्रभन्दा ठूलो कोही हुँदैन भन्ने नारा दिएको सम्माननीय प्रधानमन्त्रीको त्यो भनाई निरर्थक सावित बनिदियो ।

भूगोल ठूलो सानो हुनसक्दछ, तर देशको सार्वभौमसत्ता र अखण्डता सानो ठूलो हुदैन भन्ने ओलीको स्वर विपक्षमा मात्र आगोको झिल्को बनिदियो । सरकार र शक्तिका अगाडि त्यो स्वर मलिन र धुमिल बनिदियो ।

देश र जनताका समस्या समाधानमा तत्परता नदेखाउँदा ओली सरकारको राष्ट्रवाद खोक्रो बनिदियो । दुरदृष्टिता विनाको नेतृत्व, क्षणिक शक्ति र सत्तालाई नै प्रधान देख्ने नेतृत्वको कार्यशैलीले नेपाल आमालाई पटक पटक वलात्कारको शिकार बनाइदियो ।

सुविधाजनक दुई तिहाईको स्थिर सरकार आफ्नै आन्तरिक कारणले आम जनताको भावना सम्वोधन गर्नबाट चुकेको छ । सधै विपक्षी पार्टीलाई मात्र गाली गरेर देश बन्दैन भन्ने कुरा दुई तिहाइको सरकारले बुझ्न ढिलाई गर्नु हुँदैन । सरकार शक्तिमा रहने तर देश र जनताका लागि केहि नगर्ने अनि विपक्षीलाई देखाएर बस्ने यो सरकारलाई कदापि छुट छैन ।

तेजिलो राज्यसंयन्त्र र देश र जनताको मुक्तिका लागि ठोस योजना सहित अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो नकि दोषारोपण । समयको यो बलियो साथलाई आत्मासाथ गरेर अगाडि बढ्न नसक्नु भनेको देश र जनतालाई त प्रत्यक्ष असर पर्दछ नै नेकपा पार्टी पनि योबाट अछुतो रहन किन्चित सक्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित