सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

कुर्सीले नेता होइन, नेताले कुर्सी बद्नाम बनाए

दैनिक नेपाल २०७६ वैशाख १७ गते १३:४२

-विनोद ढकाल

युवाको कर्तव्य भ्रष्टाचारलाई चुनौति दिनु हो, मैले दिन थालेको छु । पेशाले पत्रकार हुँ तर यो देशको प्रशासनयन्त्रमा शुद्धता ल्याउनुपर्छ भन्ने आवाज नागरिकका हैसियतमा पनि उठाउनु कर्तव्य हो ।

अनेक परिवर्तन र इतिहासका पानालाई संश्लेषण गर्दै जाँदा जो कोही एउटा निक्र्यौलमा पुग्छ– मुलुक व्यवस्थाका कारण गरिबीको सूचीमा परेको होइन, भ्रष्टाचारका कारण हो । व्यवस्थाका कारण हुन्थ्यो भने कतार, युएई, जापान, बेलायत, चीन, रसिया दुनियाँका गरिब मुलुकहरूमा पर्न सक्थे जसको राजनीतिक व्यवस्थाको इतिहास नेपालको भन्दा विल्कुल नयाँ होइन ।

प्रणाली जुनसुकै होस् प्रवित्ति र मानसिकतामा कुर्सीको दुरुपयोग गर्छु भन्ने सोच पलाएपछि मुलुक बर्बादीको बाटोमा हिँड्छ । यसले आगामी पुस्ताको भविष्यको चिन्ता गरेर दिशानिर्देश गर्दैन । सत्ताधारी पार्टीका एक जना नेता घनश्याम भुसालले भनेका छन्– राजालाई हटाउने हाम्रा नेतामा राजा नै हुँ भन्ने विचारको विजारोपण भयो । त्यो कुर्सी र विरासतको अहंकार झल्कियो । त्यसैले ०४६ सालको प्रजातन्त्रले दिएको नागरिक अधिकार, स्वतन्त्रतासहित त्यसपछिको राजनीतिक र कर्मचारी प्रशासनयन्त्रको मिलोमतोमा तानाशाह मानिने उनै राजाहरूले जनताका प्रतिनिधि बस्न तयार पारिदिएको बालुवाटार क्षेत्र बेचेर खाएको समाचार र त्यसमा संलग्नहरूको अनुहार देखिएकै छ, दैनिक जसो पत्रपत्रिकामा ।

गलत निशाना तर सही तीर   

भ्रष्टाचार निवारणका सन्दर्भमा नेपालको इतिहासमा ताकतको गलत प्रयोग गरेरै भए पनि दुईवटा घटनाले चर्चा पाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला भक्तबहादुर कोइराला संयोजकको शाही आयोगले तत्कालिन बाहलवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई ३८ करोड भ्रष्टाचार काण्डमा पक्राउ गरेको थियो, सरकारले प्रधानमन्त्री पदबाट बर्खास्त गरी जेलमा कोच्यो ।

दोस्रोचाहिँ, लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूख हुँदा बाहलवाला तत्कालिन सशस्त्र प्रहरी प्रमूखहरूमाथि धरपकडले चर्चा पाएको थियो । पक्राउ गरियो, बयान लिइयो, पदमुक्त गरियो, धरौटी तिराइयो ।

प्रहरीको त के कुरा गर्नु, यो संगठन यति भ्रष्ट छ की नेताको पाऊ नमोली, ब्रिफकेशमा पैसाको थुप्रो नलगी संगठनमा प्रमूख बन्नु त परै जाओस् अगाडी बढ्न पनि सकिँदैन । त्यसैले प्रहरीभित्र एउटा भनाई छ– सरुवा बढुवामा पनि मालदार ठाउँमा पोष्टिङ भएन । एक जना एआइजीले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए– बेलामा बोरामा पैसा हाल्न सकिएन त्यही भएर साथीहरूसँग सबै कुरामा स्पर्धा भयो, राजनीतिक टावरमा पैसा पुराउने मामलामा सकिएन

घटनालाई नियाँल्ने हो भने परिणामका हिसाबमा यी नराम्रा थिएनन् । अहिलेको सन्दर्भमा देउवाको सम्पत्ति विवरण, सत्तामा रहँदा गरेका प्रत्यक्ष नीतिगत भ्रष्टाचारका काण्ड, आजै भोलीका काण्डलाई मुल्यांकन गर्दा गलत रहेनछ भन्ने सबैलाई पर्छ । किनभने, बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा देउवाको नाम आएको छ, त्यसअघि वाइडबडी प्रकरणमा पनि उनको नाम मुछिएकै थियो ।

प्रहरीको त के कुरा गर्नु, यो संगठन यति भ्रष्ट छ की नेताको पाऊ नमोली, ब्रिफकेशमा पैसाको थुप्रो नलगी संगठनमा प्रमूख बन्नु त परै जाओस् अगाडी बढ्न पनि सकिँदैन । त्यसैले प्रहरीभित्र एउटा भनाई छ– सरुवा बढुवामा पनि मालदार ठाउँमा पोष्टिङ भएन । एक जना एआइजीले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए– बेलामा बोरामा पैसा हाल्न सकिएन त्यही भएर साथीहरूसँग सबै कुरामा स्पर्धा भयो, राजनीतिक टावरमा पैसा पुराउने मामलामा सकिएन ।

तर कोइरालाको काम शासन व्यवस्था र कार्कीको काम दलीय सर्वोच्चतामा अहंकारी बन्ने लहडले असफल भए । कालान्तरले देउवा प्रतिपक्षी दलका नेता छन् कार्की पदच्युत भइसकेका छन् ।

यसभित्र अनेक कारण छन् । कार्कीले माओवादी लडाकुको क्यान्टोन्मेन्टमा भएका आर्थिक विचलन र राज्य कोषको रकम दुरुपयोग भएको विषयमा छानबिन गर्ने चुनौति र चेतावनी पत्रकार सम्मेलन गरेर दिएका थिए, जतिबेला बाहलवाला प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा थिए । लोकतान्त्रिक भनिएका दलले कोइराला र कार्कीमा समान लेप लगाउने मौका पाएका छन्– यी दुवै शाही सत्ताका वफादार थिए । अर्थात्, कोइराला आयोग प्रमूख र कार्की तत्कालिन कर्मचारी संयन्त्रका प्रमूख मुख्य सचिव थिए । तर, कार्कीलाई अख्तियारमा ल्याएर दुनो सोझ्याउनेचाहिँ अहिलेको जुटेको सत्ताधारी र कमजोर प्रतिपक्षीका नेता नै थिए । जसलाई राजनीतिक सहमतिको नाम दिइएको थियो । बिऊ जस्तो रोप्यो, बोट त्यस्तै उम्रिन्छ । फलको आशा के गर्ने ?

एकाध बर्षसम्म केही पनि नभएका, राजनीतिमा लागेका तर कुनै व्यापार व्यावसाय नगरेका नेताको सम्पत्ति कसरी थुप्रियो ? तिनका छोराछोरी लाखौं तिर्ने विद्यालयमा कसरी पढ्न सक्छन् ? तिनको दैनिक लाखौंको खर्च कसरी चलिरहेको छ ? र, तिनलाई मात्र आर्थिक संकट किन पर्दैन, आम मानिसलाई जस्तो ? फेरि सोचौं, पार्टीको युवा, विद्यार्थी हाँगोका नेता भई खाएका व्यक्तिको सम्पत्ति कसरी बढ्यो ? बैंक खातादेखि अनेक चिजमाथि छानबिन गरेर हेरौं न

सत्ता कसरी भ्रष्ट हुन्छ ?

सन् २०१८ मा विश्वका भ्रष्ट पार्टीहरूको सूची हेर्ने हो भने कम्युनिस्टकै बहुमत छ । फक्स न्युज प्वाइन्टले प्रकाशन गरेको तथ्यांकमा कम्युनिस्ट पार्टी सोभियत युनियन–रसिया, कम्युनिस्ट पार्टी चीन, नाजी पार्टी जर्मनी, नेशनल फासीस्ट पार्टी इटली, कुओमिताङ चीन, भियतनाम कम्युनिस्ट पार्टी, क्युबाको प्रगतिशील पार्टीलगायत छन् । यी मध्ये बहुमत सत्ताधारी पार्टी हुन् ।

नेपाल पनि यहि लयमा छ, घटनाक्रमको विवरणले । नेपाली वर्तमान सत्ता यीनै विचारलाई समर्थन गर्छ । स्वभाविक रूपमा यीनको सैद्धान्तिक लाइनसँगै नेताका व्यवाहारिक चरित्रका अवगुणहरू छिटो समात्नका लागि हाम्रा नेता कमजोर छैनन् ।

एउटा भनाई छ– कुर्सीले व्यक्ति होइन, व्यक्तिले कुर्सी भ्रष्ट बनाउँछ । मान, इज्जत र ताकतलाई गिराउँछ । त्यो पदमा पुग्नका लागि जति लालयीत भएर शक्ति केन्द्रको पाऊमा साम, दाम दण्डभेद बुझाउने प्रवित्तिलाई राजनीतिक दल र नेताले स्वीकार गरिदिए पद नै भ्रष्ट हुन थाल्यो ।

एक पटक घोत्लिएर सोचौं त– एकाध बर्षसम्म केही पनि नभएका, राजनीतिमा लागेका तर कुनै व्यापार व्यावसाय नगरेका नेताको सम्पत्ति कसरी थुप्रियो ? तिनका छोराछोरी लाखौं तिर्ने विद्यालयमा कसरी पढ्न सक्छन् ? तिनको दैनिक लाखौंको खर्च कसरी चलिरहेको छ ? र, तिनलाई मात्र आर्थिक संकट किन पर्दैन, आम मानिसलाई जस्तो ? फेरि सोचौं, पार्टीको युवा, विद्यार्थी हाँगोका नेता भई खाएका व्यक्तिको सम्पत्ति कसरी बढ्यो ? बैंक खातादेखि अनेक चिजमाथि छानबिन गरेर हेरौं न !

केही अपवाद पनि छन् । जीन्दगीभरी राजनीतिमा लागेर उही दलको सत्ता आउँदा राम्रो काम गर्ने मनोकांक्षा राखेर योग्य कार्यकर्ताले बिना पैसा कुनै नियुक्ति पाउनेवाला छैन । कमिशन र घुस करोडका दरले अंक जोडेर नेताको दैलोमा पुराउन सकेन भने, त्यो कार्यकर्ता नै नरहने प्रवित्तिको विजारोपण भयो ।

प्रतिनिधि सभाको चुनाव हुँदै गर्दा एक जना व्यापारीले सुनाएका थिए,‘२ करोड दिनुहोस् माओवादीले समानुपातिकको ३ नम्बरमा नाम राख्छु भनी प्रस्ताव गरे ।’ व्यापारी हुन् जे नि भन्छन् भन्ने भयो । तर, त्यो यथार्थ रहेछ । यहाँ सहभागीता, समताको विषयलाई व्यापार बनाइएको छ । नपत्याए, अहिलेको संसदमा पसेका व्यापारी, ठेकेदारको अनुहार पहिचान गर्नुहोस् आफैं, दल पनि छुट्टिन्छ, चेहरा पनि प्रष्ट देखिन्छ ।

सञ्जेल र कुलमान घिसिङ कर्मचारीतन्त्रमा भ्रष्टाचारविरोधी अपवाद हुन् । यस्ता अपवाद युगमा कमै मात्र भेटिन्छन् । एउटा कर्मचारीमात्र असल निस्कियो भने त्यो कार्यालयका सबै कर्मचारी असल बन्न बाध्य हुन्छन् । प्रेम सञ्जेलको हिम्मतका अगाडी उनको निडरपनका अगाडी उनको भ्रष्टाचारशुन्य आत्मा हो

अपवादका कर्मचारी र संवैधानिक अंग

नेपालको अर्थ प्रणालीलाई नराम्रोसँग विगार्ने राजनीतिक नेताका अर्बौंका सम्पत्तिमाथि छानबिन हुँदैन । न त्यहाँ अख्तियार पुग्छ न सम्पत्ति शुद्धिकरण विभाग । नपुग्नुको कारण सामान्य छ । त्यहि नेताको पाऊ परेका कारण अख्तियारको नियुक्ति र विभागको प्रमूख बन्ने अवसर मिलेको हुन्छ । अनि, अन्त्यमा पक्राउ पर्ने त्यही तल्लो तहको साधारण कर्मचारी हो, जसले उपल्लो तहको सह–सचिव, सचिव र मन्त्रीको टेबुलसम्म पुग्ने रकम संकलन गरेको हुन्छ ।

यो अर्थमा निम्न मध्यमवर्गीय कर्मचारीसँग पनि अपिल छ– तपाईको घाँटीमा पासो लाग्ने भएपछि हाकीमका लागि घुस किन संकलन गर्ने ? भ्रष्टाचार नगर्ने कर्मठ सोचका साथ कर्तव्य पालना गर्नुहोस्, कसैले त्यस्तो काम अह्राए, मिडियामै जानुहोस्, जसरी प्रेम सञ्जेल जस्ता कर्मठ व्यक्ति आइरहेका छन् ।

सञ्जेल र कुलमान घिसिङ कर्मचारीतन्त्रमा भ्रष्टाचारविरोधी अपवाद हुन् । यस्ता अपवाद युगमा कमै मात्र भेटिन्छन् । एउटा कर्मचारीमात्र असल निस्कियो भने त्यो कार्यालयका सबै कर्मचारी असल बन्न बाध्य हुन्छन् । प्रेम सञ्जेलको हिम्मतका अगाडी उनको निडरपनका अगाडी उनको भ्रष्टाचारशुन्य आत्मा हो । त्यसैले पीडितजति उनका दैलोमा पुग्छन् । जब प्रशासन र न्यायालयसँग कुनै आशा रहँदैन, त्यहाँ पनि पीडाको भवसागर हुन्छ मानिसहरू मिडिया र रवी लामिछाने खोज्दै किन पुगिरहेका छन् ? जुन काम राज्यले गर्नुपर्ने हो, त्यसको परिणाम निकाल्दिनुस् भनी पीडित मिडियामा बजारिनुपर्ने अवस्था तपाई लोकतन्त्रवादीहरूको १३ बर्षको प्रशासनयन्त्रले बनाएको होइन ?

एउटा कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको एउटा मात्र काममा भ्रष्टाचार शुन्य बनाउँदा मुलुक उज्यालो छ, जनता खुशी छन् । कुलमानलाई केही भन्यो की आम साधारणलाई रिस उठ्छ । यस्तो अवस्था सृजना गर्नका लागि राजनीतिक दलले अरु तदारुकता देखाएनन् । बरु, विवादीत, भ्रष्ट, पथभ्रष्ट चेहरालाई अँगालो हाल्दै हिँड्न थाले, तिनको सुविधामा नतमस्तक भए र तिनलाई कानुनले समात्न सक्ने ताकतमाथि कुर्सी र पदको दुरुपयोग गरेर रोके ।

सर्वसाधारण कहाँ चुकिरहेका छौं ?

सबैभन्दा ठूलो गल्तीचाहिँ आमसाधारणबाट हुन्छ । निर्वाचनका क्रममा भ्रष्ट, भ्रष्टाचार र त्यसका हिमायतीलाई मतदान गरेर जिताउनु पाप सरह हो । त्यो एउटा गल्तीका कारण आम जनता ५ बर्षसम्म विकासको ठाउँमा विनाश, रोजगारीको ठाउँमा बेरोजगारी, सुरक्षाका ठाउँमा असुरक्षित र राज्यको सुविधाका ठाउँमा यातनामा गुज्रनुपर्छ ।

त्यसबेला ३८ करोडको टाउको बोकेका शेरबहादुरले जस–जसका टाउकाको दाम ५० लाख, २५ लाख र २० लाख राखेका थिए । तिनीहरूको आजको मोल गन्नै नसक्नेगरी बढेको छ । जनता गरिबी र महँगीको मारमा तड्पीरहेका बेला ति टाउका ५०, २५ या २० अर्बका भइसकेका छन् । लोकतन्त्र र गणतन्त्रको १३ बर्षपछि नेपाली जनताले पाएको उपहार यहि हो । मूल्य तोक्नेको कति पुग्यो होला, तोक्न सघाउने सहयात्री दलको कति पुग्यो होला ? बरु, तोक्न लगाउनेको हविगत के भएको होला ? संश्लेषण गरौं त । अहिले हाम्रा मतको दुरुपयोग भएको रहेछ कि रहेनछ ?

सत्ता जनताको बनाउने हो भने राम्रा मान्छे पक्कै मैदानमा उत्रिएका हुनेछन्, आ–आफ्ना क्षेत्रका राम्रा मान्छे छानेर संघीय संसदमा पठाइयो भने त्यो राम्राहरूका सम्मेलन बन्नेछ । सुसंस्कृति विचारको सम्मेलनले अझ गतिलो व्यवस्था र पारदर्शी मुलुकको परिकल्पना पक्कै गर्छ । साढे ३ बर्षमै यो मुलुक सिध्याउँछु भन्दै सक्किनेवाला छैन, त्यसपछिको परिणाम आमसाधारणको हातमा छ, अधिकारमा छ । र, एक पटक पाउने मतदानमा छ 

अब नचुकौं

सर्वसाधारणले ५ बर्षमा इतिहास बदल्ने ठूलो अवसर पाउँछन्, एक दिनका लागि । त्यो दिन व्यवस्था परिवर्तनसम्मका निर्णायक फैसला दिन सक्ने दिन हो । आम साधारण एकअर्कामा कुनै न कुनै माध्यमबाट प्रविधिसँग जोडिएका छौं । जेनतेन संविधान जारी भएको छ । अबको निकास भनेको भ्रष्टाचारमुक्त प्रशासनयन्त्र हो । कर्मचारीलाई भ्रष्टाचारमा निषेध गर्न सक्ने ताकत प्रतिनिधिले नै राख्छ । त्यसैले अबका मत कहाँ कसरी खसाउने ? विकल्प खुल्ला छन् । दलको दलदल होइन, व्यक्ति असल छान्यो भने, कुर्सीको मान हुन्छ । त्यसमा विचार गरियोस् ।

र अन्त्यमा, आम साधारणले अबका दिन निर्णायक नबनाउने हो भने दलाल, पुँजीपति र भ्रष्टहरूको आकार ठूलो हुनेछ । नेपालमा मात्र होइन, स्विट्जरल्यान्डका बैंकमा समेत रकमान्तर गरी जम्मा गर्न थालेका छन् । मुलुक भोकमरीमा जाने र भविष्य दर्दनाक हुने अवस्थामा अहिलेका भ्रष्ट सुरक्षितसाथ अर्को मुलुकमा अवतरण गर्न सक्छन् । त्यसबेलाको पीडा र अहिलेको अन्यायको मर्का हामी, हाम्रा पुस्ताले मात्र भोग्नपर्छ । ठेकेदार र व्यापारीका घरमा बस्ने र गाँस टिप्नेका बोलीजालमा परेर हिजो के पाइयो ? गोलीका छर्रा, प्रहरीका लाठी । अब, सत्ता जनताको बनाउने हो भने राम्रा मान्छे पक्कै मैदानमा उत्रिएका हुनेछन्, आ–आफ्ना क्षेत्रका राम्रा मान्छे छानेर संघीय संसदमा पठाइयो भने त्यो राम्राहरूका सम्मेलन बन्नेछ । सुसंस्कृति विचारको सम्मेलनले अझ गतिलो व्यवस्था र पारदर्शी मुलुकको परिकल्पना पक्कै गर्छ । साढे ३ बर्षमै यो मुलुक सिध्याउँछु भन्दै सक्किनेवाला छैन, त्यसपछिको परिणाम आमसाधारणको हातमा छ, अधिकारमा छ । र, एक पटक पाउने मतदानमा छ । अब, नचुकौं ।

प्रतिक्रिया
सम्बन्धित