काठमाडौं, १७ वैशाख । नेपाली सेनामा हुने गरेको भ्रष्टाचार काण्डका विषयमा चर्का कुरा गरे पनि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा पुगेका उजुरीमाथि छानबिन थालेका छैनन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
आफूइतरका सैन्य अधिकारीलाई चेतावनी दिँदै उनले सेनाभित्र हुने कुनै पनि प्रकारका सूचना जथाभावी नचुहाउन कडा निर्देशन दिएका छन् । त्यहि निर्देशन पालना गराउनका लागि उनले जंगी अड्डाकै माथाहतमा रहेर आचारसंहिता लागू गरी सप्ताह पनि मनाएका छन् ।
सूचना चुहे वा नचुहेको पत्ता लगाउनका लागि उनले उक्त आचारसंहिता पालना भए नभएको जान्नका लागि आफूइतरका अधिकारीको सामाजिक सञ्जालदेखिका सबै सञ्चार उपकरण चेक गर्नका लागि केही अधिकारी पनि खटाएको स्रोतको दाबी छ ।
यद्यपि, सेनामा उनले सुरु गरेको आचारसंहिताको विषयलाई भने कतिपयले राम्रो काम पनि भनेका छन् । ‘सही नियतले आएको भए ठिक हो, उनका काम गराइका आधारमा थाहा हुन्छ । भ्रष्टाचारमाथि छानबिन गरी कारबाही गरेका जानकारी दिन सक्नुपर्छ’, एक पूर्वप्रधानसेनापति भन्छन्,‘आउन सकेन भने केका लागि गरिएको थियो भन्ने चिज हामीलाई थाहा हुने भैगो ।’
भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अख्तियारी गरेको बताई आचारसंहिता सप्ताह पनि मनाएका थापाले जंगी अड्डामा पुगेको उजुरीमाथि भने कुनै खास निर्णय गरिसकेका छैनन् ।
जंगी अड्डामा आफूलाई मार परेको भनी केही ठेकेदार, अन्य सैन्य पादाधिकारीले उजुरी दिएका थिए । ठेकेदार नगेन्द्र श्रेष्ठसहित विभिन्न युनिटमा काम गरेका उपत्यकाबाहिरका ठेकेदारले पनि उजुरी दर्ता गराएका थिए ।
अहिलेका प्रधानसेनापति थापालाई उनीअघिका प्रधानसेनापति राजेन्द्र क्षत्रीले थुपारेको फोहोर सफा गर्नुपर्ने बाध्यता आइ लागेको छ । क्षत्रीले अहिलेसम्मकै प्रधानसेनापति मध्ये सबैभन्दा धेरै लुट मच्चाएका थिए ।
स्रोतका अनुसार क्षेत्रीले ठेकेदारी दिएका पुष्प पियाको पिया कन्ट्रक्सनमाथि थापाले कडाई गरेका छन् । उक्त कम्पनीलाई अबका ठेक्का नदिनका लागि पनि उनले निर्देशन दिएको बताइन्छ ।
पिया कन्ट्रक्सनसँग मिलेर तत्कालिन प्रधानसेनापति क्षत्रीले राशन, चुल्हो, लत्ताकपडा, विस्कुटलगायतका विभिन्न ठेक्कामा सयौं करोडमा ब्रम्हलुट मच्चाएका थिए ।
यता, ठेकेदार श्रेष्ठले आफू मारमा परेको भनी दिएको उजुरीलाई भने थापाले विचाराधिनमा राखेको जंगी अड्डा स्रोतले जनायो ।















प्रतिक्रिया