७ कार्तिक २०८३, शनिबार

नरेन्द्र मोदीको सम्पत्ति नेपाली तीन करोड २० हजार मात्रै

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपियाँ मात्रै छ । कारोबार दैनिकले समाचार छापेको छ ।

वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथ पत्रमा गत वर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार ६ सय २१ अर्थात ३५ लाख नेरुभन्दा थोरैले वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री मोदीसँग केवल १ करोड भारुको अचल सम्पत्ति छ । मोदीले २५ अक्टोबर २००२ मा यो सम्पत्ति १ लाख ३० हजार ४ सय ८८ भारुमा खरिद गरेका थिए ।

यसमा उनले २ लाख ४७ हजार २ सय ८ भारु खर्च गरेका थिए । हाल यो सम्पत्तिको मूल्य १ करोड १० लाख भारु पुगेको छ । मोदीले कुनै पनि किसिमको कर्जा पनि लिएका छैनन् ।