३० आश्विन २०८३, शुक्रबार

नेपाली जनसम्पर्क समिति बेल्जियममा सीता सापकोटाले पाइन बैधानिकता, चकित परे विरोधीहरू

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति बेल्जियमको विवाद अन्त्य गर्दै पुरानै कार्यसमितिलाई मान्यता दिएको छ ।

कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटालाई काम गर्न निर्देशन दिँदै पुरानै कार्यसमितिलाई निरन्तरता दिएका हुन् । महामन्त्री डा.कोइरालाको निर्देशनपछि जनसम्पर्क समिति बेल्जियमको विवाद टुंगिएको छ ।

बेल्जियममा दुई वटा समूहबीच विवाद हुँदा समस्या हुँदै आएको थियो ।

बेल्जियमको अधिवेशन गराउन आएका केन्द्रीय प्रतिनिधि एवम् कांग्रेसका बैकल्पिक केन्द्रीय सदस्य किरण शर्मा पौडेलले आफूले पाएको जिम्मेवारी विपरित विधान विपरित अर्को समूहलाई सभापतिसहितको कार्यसमिति बनाएपछि विवादले उग्ररुप लिएको थियो ।

त्यसपछि सीता सापकोटा समूहले नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा उजुरी दिएको थियो । छानविनपछि कांग्रेसका महामन्त्री डा.कोइरालाले सीता सापकोटालाई अर्को व्यवस्था नहुँदासम्म काम गर्न निर्देशनात्मक आदेश दिएका छन् ।

महामन्त्री डा.कोइरालाले केन्द्रीय कार्यालय सानेपामा वैशाख १० गते च.नं. २३२ को पत्र पार्टी विधानको धारा २७ (१) को समेत प्रतिकूल रहेको भन्दै स्वतः बदर गरिएको जनाएका छन् ।

उनले जनसम्पर्क समिति बेल्जियमको अधिवेशनको सम्पूर्ण तयारी गरी केन्द्रीय प्रतिनिधिका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पत्राचार गर्न निर्देशन दिएका छन् ।