
कतार, ११ बैशाख । लोक गायिका सुनिता अधिकारीले कतारमा रहेका नेपाली दर्शकहरुलाई नचाँएकी छन् । लमजुङ सेवा समाज कतारले हालै गरेको सांस्कृतिक कार्यक्रममा अधिकारीले बेजोड प्रस्तुती दिएकी हुन् ।
बैदेशिक रोजगारीमा रहेर पनि लमजुङ र नेपाली संस्कृतिलाई जर्गेना हेतुले स्थापित समाजले साँस्कृतिक तथा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सांस्कृतिक कार्यक्रमलाई झुमाउनका लागि लमजुङकै चेली गायिका सुनिता अधिकारीलाई समाजले निम्त्याएको थियो ।

सुनिताले गाउँघरमा गुञ्जिले लोक भाकादेखि आफ्ना एल्बमका गीतहरु गाएकी थिइन् । मेलापात जाँदा गाइने भाका अनि रोधीमा गाइने दोहोरीको झल्को दिलाउँदै संस्थाका सदस्य लेख विलास विसुरासँग करिव एक घण्टा दोहोरीमा घम्साघम्सी चलेको थियो ।
संस्थाका अध्यक्ष नवराज नखोलाले आफ्नो कार्यकालको पहिलो कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिए । उनले कार्यक्रम सफल बनाउन आर्थिक, भौतिक, नैतिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
उनले आफू नेतृत्वमा रहँदै गर्दा कतारमा रहेका हरेक लमजुङ्गेहरुसम्म संस्थागत रूपमा समन्वय गरेर अघि बढ्न अत्यन्तै उत्साहित रहेको र सबैबाट सहयोगको आशा पनि गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक पूर्ण बहादुर पोखरिया थिए । उनले संस्थालाई यो स्थानसम्म ल्याउनुको जटिलता, विगतका समस्या र सस्थामा लाग्दै गर्दा आफूलाई आफ्नो परिवारसँग नै रहेको छु भन्ने भान हुने गरेको बताए ।
संस्थामा लाग्दै गर्दा आफ्नो व्यक्तिगत स्वार्थ र केही साथीभाईको स्वार्थ र व्यक्ति हाबी भएर संस्था चल्न नसक्ने र यस्ता कुराले सिङ्गो संस्था र समुदायलाई पुर्याएका नकारात्मक उदाहरणहरु पेश गरे ।
उनले लमजुङ सेवा समाजमा हालसम्म यस्ता नकारात्मक सोच र मानसिकताले प्रवेश नपाएको र सदैव सामाजिक कार्यमा निस्वार्थ भई लागिरहन पर्नेमा जोड दिए ।















प्रतिक्रिया