शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

७ किलो सुनसहित ट्रक चालक पक्राउ

दैनिक नेपाल २०७६ वैशाख १० गते १८:२३

काठमाडाैँ, १० बैशाख । प्रहीले ७ किलो सुनसहित ट्रक चालक पक्राउ गरेको छ ।

रसुवाको टिमुरेमा चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकका चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घले ७ किलो सुनसहित पक्राउ परेका हुन् ।

ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो । टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित