सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

प्रचण्ड भन्छन् : हिजोको विद्रोह आदिवासी–जनजातिका लागि

दैनिक नेपाल २०७६ वैशाख १० गते १६:४६

काठमाडौँ, १० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका आदिवासी जनजातिको पक्षमा विगतमा विद्रोह गर्नुपरेको र संविधानमा पनि ती समुदायका पक्षमा आफूले फरक मत राखेको बताएका छन् ।

मंगलबार आयोजित आदिवासी आयोगका मुद्दा, चासो र अधिकारका बारेमा उच्चस्तरीय बहस कार्यक्रमलाई सम्बोधन गर्दै अधिकार प्राप्तिका लागि नेतृत्वलाई बेलाबेला झक्झक्याइरहनुपर्ने बताए ।

‘मैलै तपाँईहरुसँग कुनै कुटनीतिक कुरा गरेको छैन, अहिलेको अवस्था कम्परमाइजको अवस्था हो, मैले कुनै पनि कुरा जनतासँग लुकाएको छैन, शान्ति प्रक्रिया पनि कम्परमाइज नै हो’, प्रचण्डले भने ।

दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण पहिचान सहितको संघीयता, संघीयताको सहितको संविधान भन्ने नारा कार्यान्वयन गर्न नसकेको उनले बताए । पहिचान सहितको संघीयता, संघीयताको सहितको संविधान भन्ने नाराका साथ निर्वाचनमा गएको तर, पहिलो र दोश्रो संविधानसभाको निर्वाचनको परिणाममा निकै फरक परिणाम आएकाले नारालाई साकार पार्न आफू असफल भएको उनको बताएको प्रचण्डको सचिवालयले उल्लेख गरेको छ ।

‘जातिय र भौगोलिक आधारमा ११ प्रदेशमा सहमति बनेको थियो, तर पहिलो संविधानसभा सफल हुन सकेन । त्यस्तै संविधानसभाको दोश्रो निर्वाचन भयो, हाम्रो अपेक्षित परिणाम आउन सकेन’, उनले भने ।

नेपालको राष्ट्रिय एकताका लागि सबैको पहिचान, अधिकार र आत्मसम्मानलाई समान ढंगले अघि बढाउने उनको विश्वास थियो । अध्यक्ष प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेका देखिएको आशंका गरे । उनले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको टिप्पणी गरे ।

‘यहाँका पूर्वराजा महाराजाले गर्न भन्न खोजेका कुराहरू, हिँड्न खोजेका बाटा र गर्न खोजेका गतिविधिले पार्टीहरू भित्रै पनि बिस्तारै बिस्तारै आउन खोजेका ट्रेन्डहरू हेर्छु, कहीँ न कहीँ त्यस खालको गतिविधि बनाउने कसरत भइराखेको गन्ध आउँछ । यसलाई रोक्न सक्ने तागत र हिम्मत हामीसँग छ’, प्रचण्डले थपे ।

प्रतिक्रिया
सम्बन्धित