मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

निजी मिडियालाई नेपाली सेनाको सेन्सर, राष्ट्रपति सहभागी कार्यक्रममा निषेध

दैनिक नेपाल २०७६ वैशाख १० गते १४:३१

काठमाडौं, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा नेपाली सेनाले निजी सञ्चारमाध्यमलाई सेन्सर गरेको छ । उसले जंगी अड्डामा पत्रकारलाई प्रवेश गर्न दिएन, सरकारी सञ्चारमाध्यमलाई भने छिरायो ।

सेनाको अत्याधुनिक भवन उद्घाटन कार्यक्रममा निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो । तर सेनाले नियतबस नभई बाध्यताका कारण छिराउन नसकिएको जनाएको छ ।

२४ जेठ २०७३ बाट निर्माण सुरु भएको भवन निर्माण १० महिनाको अवधिमा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४ सयको संख्यामा इञ्जिनियरिङ विभागका जनशक्ति खटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित