शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ, यस्तो छ कारण

दैनिक नेपाल २०७६ वैशाख १० गते १३:१२

काठमाडाैँ, १० बैशाख । ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।

चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो ।

नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएपछि महाशाखामा उजुरी गरेका थिए । न्यौपाने नेपालका घरबेटी हुन् । उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित