७ कार्तिक २०८३, शनिबार

बिरामीलाई खुवाउने खानामा भगवतीको ताण्डव

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालमा भर्ना भएका बिरामीलाई खुवाउने खानाको टेन्डरमा ब्यापक अनिमियता भएको रहस्य खुलेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

वीर अस्पतालले भर्ना भएका विरामीलाई एक बर्षभरी खाना खुवाउनको लागी ८ माघ २०७५ मा सार्वजनिक सूचना मार्फत इ टेन्टर आह्वान गरेको थियो ।

सूचनामा टेण्डर बिड गर्ने सप्लाई कम्पनीले कम्तिमा तीन बर्षे खाद्यान्न सप्लाई गरीसकेको अनुभव हुनुपर्ने माग गरिएको थियो । वीर अस्पलातले सार्वजनिक गरेको टेण्डरमा तीन वटा फर्मन्यु सूयोग, न्यु आरके र महाकाल सप्लायर्सले मात्र टेण्डर बिड गरेका थिए ।

तीन वटा फर्म मध्य महाकाली सप्लायर्स र न्यू आरेकले मात्र वीर अस्पालतले मागेको प्रमाण पूरा गरेर टेण्डर बिड गरेका थिए । तर कुनै पनि प्रक्रिया नपु-याई तीन बर्षको अनुभब समेत नभएको फर्म न्यू सुयोगलाई वीर अस्पताल खरिद प्रमूख भगबती थपलियाले सेटिङमा टेण्डर मिलाई दिएको स्रोतको दाबी छ ।

न्यु सुयोगको वीर अस्पतालले मागेको दूवै प्रमाण पत्र नभएको स्रोत बताउँछ । अस्पतालकी खरिद प्रमूख थपलिय ले न्यु सुयोगलाई नै टेन्डर दिने निर्णय गरी अस्पताल निर्देशक र उपकुलपतिलाई पनि च्यालेन्ज दिएको चर्चा यतिखेर अस्पलात परिसरमा छ ।

खरिद शाखाकी प्रमूख भगबती मेडिकल माफिया र वीरका भ्रष्ट समूहको आड भरोसा अस्पतालमा बिरामीले खाने खानामा समेत मनपरी गर्दै आफ्नो दुनो सोझ्याउने गरेकी छन् ।

भगवती ति नै कर्मचारी हुन् जसको गत कात्तिकमा राष्ट्रीय सर्तकता केन्द्रले छानबिन गरेको थियो । उक्त छानबिनमा कर्मचारी भर्नामा अनिमियता, उपकरण खरिद, कोटेशनमा सामान सप्लाई गर्दा ब्यापक भ्रष्टाचार गरेको ठहर गर्दै सर्तकता केन्द्रले गत कात्तिकमा प्रधानमन्त्री कार्यलयलाई आफ्नो प्रतिवेदन बुझाउँदै खरिदका भगबती लगायतलाई कारबाही गर्न सिफरिस गरेको थियो । उता सर्तकता केन्द्रले भ्रष्टाचार गरेको रकम असुलउपर गर्न भन्दै अख्तियार दुरुपयोग आयोगलाई समेत पत्रचार गरेको थियो ।

तर मेडिकल माफियाको आशिर्वाद प्राप्त भगबतीलाई कसैले हल्लाउन सकेको छैन । उनको भ्रष्टाचार दिन दिनानु बढ्दै गएको छ । अस्पतालमा दुई–दुई बर्षमा खरिद शाखा परिवर्तन हुने भए पनि उनी भने चार बर्ष देखि सोही शाखामा कार्यरत छिन् ।

उनले २०७४ सालदेखि औषधि पसलसँग लिनुपर्ने ५५ हजार थप भाडा कुनै पसलसँग नलिई सो रकम आफ्नो श्रीमान्को बालुवाटारमा रहेको अफिसमा बसेर बुझ्दै आएकी आरोप समेत लागेको छ । अस्पतालसम्बन्धी सूचना र टेन्डर बिज्ञापन आफु निकट ऐजेन्सीलाई मात्र दिने गरेको वीर अस्पतालको लेखा शाखाको एक बर्षको रेकर्ड हेर्दा थाहा प्रष्ट हुन्छ ।

उनले कमिसन नपाउँदा पाँच वटा भेन्टीलेटर, मेमोग्राफी, स्पेसल एकस्रे, एबिजी मेसिन एक बर्ष देखि थन्किएर बसेको छ । अस्पतालका निर्देशक केदार सेन्चुरी पनि भगबतीसँग मिलेर कमाउ धन्दामा लागेका छन् ।

भुतले खाजा खाने बेलामा अस्पतालको निर्देशक भैएछ भन्दै गरिव असाह्य र निमुखा बिरामीलाई दिने सुविधा कटौती गर्दै पैसा जम्मा गरेर उपकरण खरिद गरी कमिसन लिने दाऊमा लागेका छन् ।