सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

नेकपा एकता : यी ४४ जिल्लामा पायो पूर्वएमालेले नेतृत्व

दैनिक नेपाल २०७६ वैशाख ९ गते १५:४०

काठमाडाैँ,  ९ बैशाख । अघिल्लाे जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको ११ महिनापछि जिल्लाको एकता भएको छ ।

आइतबार बसेको सचिवालय बैठकले गरेको जिल्ला एकता टुङ्गो लगाएको हो भने यसको औपचारिक घोषणा सोमबार गरियो । जस अनुसार पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लाको नेतृत्व पाएका छन् ।

एमालेतर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको जिल्लामा एमालेबाट सचिव पाएका छन् ।यसो हुँदा अध्यक्ष नपाएको जिल्लामा साविक एमाले/माओवादीका अध्यक्ष/संयोजक एक तह घटुवा भएका छन् ।

यी हुन् साविक एमालेको तर्फबाट अध्यक्ष हुनेहरु :

पाँचथर – राजकुमार भण्डारी
ईलाम – राम राना
झापा – चिन्तक पाठक
मोरङ – विनोद ढकाल

धनकुटा – राजेन्द्र राई
तेह्रथुम – लक्ष्मण तिवारी
संखुवासभा – हेमराज घिमिरे
भोजपुर – प्रेमकुमार राई

सोलुखुम्बु – मानवीर राई
सप्तरी – अशोक मण्डल
महोत्तरी – राजु खड्का
रौतहट – कमल यादव
पर्सा – प्रभु हजारा

मकवानपुर – मनु सिग्देल
धादिङ – भूमी त्रिपाठी
रसुवा – कर्न्याल तामाङ
सिन्धुपाल्चोक – झम्क नेपाल
दोलखा – ईश्वरचन्द्र पोख्रेल
भक्तपुर – बचनबहादुर देउजा
ललितपुर – हरिकृष्ण व्यञ्जनकार
काठमाडौँ – कृष्ण राई

कास्की – कृष्ण थापा
तनहुँ – केदार सिग्देल
मुस्ताङ – चन्द्रमोहन गौचन
मनाङ – पाल्तेन छोयङ गुरुङ
बाग्लुङ – ईन्द्रलाल सापकोटा
पर्वत – पदम गिरी

नवलपसारी (पूर्व) – रोशन गाहा
प्युठान – तुलसीराम शर्मा
अर्घाखाँची – चेतनारायण आचार्य
गुल्मी – मधुकृष्ण पन्त
पाल्पा – नारायण आचार्य
रुपन्देही – शिवराज सुवेदी
कपिलवस्तु – झविलाल पोख्रेल
दाङ टिकाराम- खड्का

सुर्खेत – ध्रुब कुमार शाही
दैलेख – रबीन्द्र शर्मा
सल्यान – गोविन्द पुन
डोल्पा – दत्तबहादुर रोकाया

बैतडी – सुरेन्द्र पाल
बाजुरा – कुलबहादुर शाही
अछाम – शेरबहादुर कुँवर
डोटी – चक्रबहादुर मल्ल
कैलाली – रतन थापा

याे पनि पढ्नुहाेस्

यी हुन् पूर्वमाओवादी काेटाबाट नेकपाका जिल्ला अध्यक्षहरु

 

प्रतिक्रिया
सम्बन्धित