७ कार्तिक २०८३, शनिबार

नेकपाका सांसदद्वारा यूएनडीपीको कार्यक्रम बहिस्कार, अरु सांसद घुमेका घुम्यै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को पैसामा घुमेका घुम्यै छन् । नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ ।

प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरू यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वाचित रावलले भने, ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरू बहिष्कार गर्ने नीति नै बनाएका छन् ।