३० आश्विन २०८३, शुक्रबार

एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टरमा पौडेलको उम्मेद्वारी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिकागो,  २० अप्रिल । सिकागोका सर्वाधिक प्रिय सामाजिक अभियन्ता टेकराज पौडेलले एनआरएन अमेरिकाको २०१९- २१ को कार्यकालको लागि बोर्ड अफ डिरेक्टरको उमेद्वारी दिएका छन् ।

गत राति १० बजे सम्मको निर्वाचन आयोगका अनुसार पौडेल सहित ३४ जनाको बोर्ड अफ डिरेक्टरमा उम्मेदवारी परेको छ । अन्य उम्मेद्वारी आउने क्रम जारी रहेको निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिए ।

मे १७ र १८ मा अनलाइन भोटिङ्गबाट निर्वाचन हुने भए पनि धेरै जसो उम्मेदवारले ३ महिना अघि देखि प्रचार प्रसारलाई व्यापक बनाएका छन् भने हिजो सम्म पनि पौडेलले निर्वाचनमा उठ्नेबारे कोही कसैलाई संकेत सम्म गरेका थिएनन् । पौडेललाई उनका शुभेच्छकुहरुले निर्वाचनमा उठाउन निकै पहिलेदेखि प्रयास गरेका पनि थिए । उनि सम्बद्ध प्रवसी नेपाली एकता मञ्चले पौडेललाई महासचिवको उमेद्वार बनाउने निर्णय गरे पनि उनले अन्तिममा आएर बोर्ड अफ डिरेक्टरसम्म मात्र जाने इक्षा व्यक्त गरेका हुन् ।

‘म यो पटक कुनै पदमा चुनाव लड्ने सोचाईमा नै थिइनँ,  तथापी अमेरिकामा एनआरएनलाई नेपालीहरुको पक्षमा शशक्त तरिकाले काम गर्न सक्ने नेतृत्व निर्माण गर्ने सोचाईमा भने थिएँ’,  पौडेलले भने, ‘सामजिक क्षेत्रमा चिरपरिचित व्यक्ति निर्वाचनमा जादा चुनाव जित्न सजिलो हुने भएको र अमेरिकाब्यापी मेरो नेटवर्कको कारण मलाई उम्मेदवार बनाउन दबाब नै आयो । म साना साना सामाजिक काम गर्न रुचाउने मान्छे हुँ सिकागोमा सामाजिक काम गर्ने मेरो आफ्नै शैली छ  ।’

२००९ मा सिकागो आएका पौडेल काममा नलाग्दै सिकागोको नेपाली संस्था सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीको आजीवन सदस्यता लिएका थिए । पौडेलले अमेरिकामा काम गरेको पहिलो महिनाको तलबबाट आजीवन सदस्यता लिएर ३०१ डलर भुक्तानी गरेका थिए ।

संस्थाको जिम्मेवार पदमा नरहँदा पनि सिकागोका नेपालीहरुको लागि गाह्रो साह्रो पर्दा काम गर्नु पर्दा उनि अघि सर्दछन् । नेपाल सरकारले हस्तलिखित नेपाली पासपोर्टलाई कम्पुटराइज गरे पछि एमआरपी फर्म भर्ने भराउने, राजदूतावासमा पठाउने कामको नेतृत्व सिकागोमा पाैडेलले गरेका थिए ।

सिकागो मात्र होइन नजिकका स्टेटहरुमा रहेका नेपालीहरुलाई सहयोग गर्न यिनले आफ्नै पैसा हालेर युपिएस (हुलाक) बाट पठाउँथे । अमेरिकामा आप्रवासीहरुको लागि जब रास्ट्रपति ओबामाले हेल्थ केयरको व्यवस्था गरे पौडेलले सिकागोका आम नेपालीहरुलाई आफ्नै घरमा इन्सुरेन्स एजेण्टहरुलाई बोलाएर नि:शुल्क इन्सुरेन्स फारम भराउने काम गरेका थिए ।

सिकागोमा नेपालीहरुका साना साना कामहरु नयाँ आएका नेपालीहरुलाई जागिर खोजि दिने , सोसल सेक्युरिटी अफिस पुर्याउने , आइडि कार्डको लागि सहयोग पुर्याउने गर्द्छन् ।

‘धेरै ठूला सहयोग त गरेको त छैन तथापि स साना सहयोग गर्न पाउँदा आफूलाई खुशी महसुस हुन्छ । यहाँ मात्र होइन नेपालमा समेत दुख बिपत्तिमा सहयोग गरेको छु’,  पौडेल भन्छन ‘ २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोमा परेका पीडितहरुको लागि मेरो एक्लो पहलमा पाँच लाख रुपैयाँ संकलन गरेर न्युयोर्क सिटीमा आएका पररास्ट्र मन्त्री महेन्द्र पाण्डे मार्फत पठाएको थिएँ । २०७२ सालमा नेपालमा आएको भूकम्प पीडितहरुको सहयोगका लागि सिकागोमा सामाजिक अभियन्ता शारदा थापाको संयोजत्वमा बनेको भूकम्प पीडित सहयोग समितिले करिब एक करोड डलर संकलन गरेर राजदुतावास मार्फत नेपाल सरकारलाई पठाएको थियो / त्यस बेला म उक्त समितिमा रहेर रकम संकलन गर्ने धेरै साथीहरु मध्य म पनि पर्दछु ।’

रकम उठाउन सिकागोका धेरै नेपालीको पसिना बगेको र रकम उठाउने योगदान भएका धेरैको नाम छुटेपछि पौडेल त्यस्तो गलत कार्यको विरोध गर्नेमा अग्रपंतिमा थिए । पौडेल अहिले सिकागोमा रहेको नेपालीहरुको एक मात्र साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीका सभापति छन्  ।

गत बर्ष जनवरीमा मुखमा डरलाग्दो ट्युमर भिरेर अप्रेसनको लागि नेपालको ललितपुर जिल्लाको धोबिघाट निवासी अशोक श्रेष्ठ अमेरिकाको सिकागोमा आउदा उनलाई सिकागोमा अन्य नेपाली हरुले सहयोग गर्ने स्थिति निर्माण भएन । कतिपयले मुखमा भएको डरलाग्दो ट्युमर देखेर सहयोग गर्न सकेनन् भने कतिपयले रोग सर्दछ कि भन्ने डरले नजिकै परेनन् ।

तर, पौडेलले उनलाई नेपालबाट सिकागो एअर्पोर्ट्मा झरेपछि पिक अप गर्ने देखि पहिलो अप्रेसन सम्पन्न पश्चात निको हुने बेलासम्म उनलाई आवश्यक पर्ने हरेक सहयोग गरे । अशोकको अहिले दोश्रो अप्रेसन समेत भएको छ । हाल आफै आफ्नो व्वस्थापन गर्ने अवस्थामा पुगेका छन् ।

को हुन् पौडेल ?

गुल्मी जिल्लाको हालको मालिका गाउँपालिका-८ स्थित (तात्कालिन मर्भुंग गाबिस ) मर्भुङ्ग दगाशमा २०२४ सालमा पिता तानाराम र आमा रिमा कुमारी पौडेलका काहिला छोरा हुन् उनी । २०४५ सालमा तराइको कपिलवस्तु झरेका पौडेल २० वर्ष स्थायी शिक्षक रही सेवा गरेका  शिक्षक हुन् ।

कपिलवस्तुमा जनतालाई शिक्षित गर्न, जागरण ल्याउन उनी कहिले सास्कृतिक कार्यक्रम मार्फत जनताको घरदैलोमा पुग्थे भने कहिले पत्रकार बनेर जनताको पक्षमा पैरवी गर्थे । नेपाल पत्रकार महासंघलाई कपिलवस्तु जिल्लामा स्थापना गरेर आफू संस्थापक उपसभापति बने भने प्रेस चौतारी कपिलवस्तुको संस्थापक अधक्ष समेत भए । पत्रकार महासंघको २०५८ देखि ६६ सम्म ८ बर्ष केन्द्रिय पार्सद भएर कार्य गरे ।

मानवधिकार संरक्षण मंच कपिलवस्तुको कार्यकारिणी सदस्य हुदै नेपाल रेडक्रस सोसाइटीको जिल्ला कार्य समितिको निर्वाचनमा उम्मेदवार भै अत्यधिक मतबाट जिती कपिलवस्तुमा बद्नाम भएको रेडक्रसलाई माथि उकास्ने काम गरेका थिए । सहकारी आन्दोलन ,सामुदायिक वनको संरक्षण लगायत समाजका हरेक सकारात्मक गतिविधिमा संलग्न पौडेल २०६६ साल (२००९ सन् )मा डाइभर्सिटि भिसा मार्फत युएस आएका हुन् ।

के कस्ता छन् त पौडेल का एजेण्डा ?

पौडेल गफमा भन्दा कामलाई महत्व दिन्छन् । अहिलेसम्म एनआरएन बोर्ड अफ़ डाइरेक्टरले खादा माला लगाउने र ठूलो मान्छे बन्ने काम बाहेक केहि नगरेकाे उनको गुनासाे छ । अब डाइरेक्टर भनेका एनआरएनका सेवक हुन् भन्ने पार्ने काम कसरी गर्न सकिन्छ भन्ने आफूले योजना बनाउने उनले बताए ।

‘ संस्थाले सदस्य कसरी बनाउने ? चुनाव कसरी जित्ने ? भन्ने ठाउँबाट सदस्य आफै बन्नुपर्दछ र विदेशमा मलाई अप्ठारो पर्दा एनआरएन छँदैछ भन्ने विचार बनाउने स्थितिमा लैजाने मेरो सोच हो’, उनले भने, ‘ तथापी सदस्यले (बोर्ड अफ दिरेक्टरले) ठूला कुरा गरेर आकाशका तारा झार्ने गफ दिदा कम्तिमा यहाँका नेपालीले पत्याउँदैनन् ।’