
कतार, २० अप्रिल । खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन् । शुक्रबार दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, द्वितिय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् ।
२१ सदस्यीय समितिको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चुडामणि पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोईराला, रामकुमार मगर र महिला सदस्यमा गंगा गुरुङ छन् ।
कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल (नबिन) ले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गरे । समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा रोजगारीका सिलसिलामा कतार पुगेर स्थापना गरिएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले खोटाङ सेवा समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
खोटाङ सेवा समाज कतारले सस्थाका सस्थापक सदस्यहरु चानक पोख्रेल, भाइकाजी गुरुङ, अमृत कुमार राइ र धनकाजी गुरुङ लाइ दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।
खोटाङ सेवा समाजले कतारमा पुगेर विभिन्न समस्यमा परेका खोटाङ्गे तथा गैरखोटाङ्गेलाई सहयोग गर्नुका साथै गृह जिल्लाको विकासको लागि एम्बुलेन्स सेवा जस्ता विभिन्न बिकाश निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।















प्रतिक्रिया