सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

राजपा नेपालले स्थापना दिवस मनाउँदै, कालिकास्थानमा विशेष कार्यक्रम

दैनिक नेपाल २०७६ वैशाख ७ गते ८:३६

काठमाडौं, ७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आज आफ्नो स्थापना दिवस मनाउँदै छ ।

काठमाडौंको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा राजपाले स्थापना दिवस मनाउन लागेको महासचिव केशव झाले जानकारी दिए ।

उनले पार्टी स्थापना दिवसका अवसरमा राखिएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

पाहुनाहरूलाई संयोजक शरतसिंह भण्डारीसहित अध्यक्षमण्डलका सदस्यहरूले स्वागत गर्नेछन् ।

राजपा नेपालको संयोजकमा अहिले भण्डारी छन् । विधानअनुसार आलोपालो संयोजक हुने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित