सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

आफ्नो जस्तै पार्टीको नाम परिवर्तनमा प्रचण्डको प्रयोग किन सफल देखिन्छन् ?

दैनिक नेपाल २०७६ वैशाख ६ गते १४:५१

काठमाडौं, ६ वैशाख । राजनीति गर्नुको एउटै मात्र विकल्प हो, सत्ताको बागडोर । त्यसको नेतृत्व । विचारको विजारोपण र त्यसले बनाएको सत्ताको चुचुरोमा आफ्नै मात्र अनुहार । यो कर्ममा नेपाली राजनीतिमा सफल मानिन्छन्, प्रचण्ड ।

प्रचण्ड प्रयोगवादी हुन् । उनका राजनीतिक र व्यवाहारिक चरित्रले पुष्टि गर्ने अनेक आधार छन् ।

उनको नाम र उनले उठाएको राजनीतिक पार्टीको नाम उस्तै रहे, फेरिरहने । छविलाल दाहाल हुँदा राजनीतिमा प्रवेश गर्ने सोच बनाएका उनी स–साना कम्युनिस्ट झुन्डभित्र छिरे । जसले नयाँ नामलाई मानक बनायो– पुष्पकमल भनेर ।

राजनीतिमा सत्ता र ताकतसँग मात्र उनको परिचय स्थापित रही आएको थियो । ३० बर्ष सँगै राजनीति गरेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले खुलासा गरेका थिए,‘प्रचण्ड शक्तिमा आउनका लागि राजासँग पनि मिल्न तयार थिए ।’

यो उनको राजनीतिक यात्रा र अहिलेको चरित्रले पनि प्रष्ट बनाउँछ ।

पुष्पकमलबाट उनले ‘प्रचण्ड’ नाम स्थापित गराउने लक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको यात्रालाई अघि सारे । यो नाम हरेक ओठमा झुन्ड्याउन उनले पार्टीको वैचारिक लाइन नै स्थापित गरिदिए– माक्र्सवाद, लेलिनवाद, माओवाद र प्रचण्डपथ ।

‘को थियो र यो नाम नजान्ने ? माओवादी द्वन्द्वकालभरी यहि नाम नै स्थापित भयो । शान्ति प्रक्रियासम्म आउँदा यहि विचारमा संगठन अगाडी बढ्यो’, तत्कालिन माओवादीबाट छुट्टिएर स्वतन्त्र रहेका कतिपय भन्छन्,‘त्यसपछि पनि उनका निक्कै प्रयोग भए ।’

नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण गर्नुपूर्व आफ्नो नाम नामको आकार फराकिलो बनाएका प्रचण्डले अब पार्टीको नाम परिवर्तन गरी संगठनको आकार बढाउन थाले । र, पार्टीको नाम परिवर्तन गरी एकीकृत माओवादी राखे ।

त्यसअघि नै शान्ति सम्झौताका बेला उनले स्थापित गरेको नाम प्रचण्डबाटै हस्ताक्षर गरिसकेका थिए ।

उनको राजनीति संगठनमा उतारचढाव नआएको होइन, पार्टी विभक्त हुँदै विभिन्न चरणमा पुग्दा, फर्किएका रामबहादुर थापा बादलको एउटा हूललाई भित्राउँदा केही बर्ष अघि मात्र उनले फेरि पार्टीको नाम परिवर्तन गरिदिए, नेकपा माओवादी केन्द्र राखेर ।

‘संगठन बलियो बनाउने र त्यसको नेतृत्वमा रहीरहने उनको प्रयोगका आधार हुन् पार्टीका नाम । पार्टीको नामले भन्दा पनि संगठनको आकार र त्यसको नेतृत्व र प्रभावमा उनी रमाउन चहान्छन्’, पूर्वमाओवादीहरू भन्छन् ।

यो श्रृङ्खला यतिमा रोकिएन । ७७ जिल्लामै ठूलो र व्यवस्थित संगठनात्मक संरचना बनाएको तत्कालिन एमालेसँग पनि उनले पार्टी एकीकरण गरे । र, त्यहाँ नाम परिवर्तन गरेर बनाए– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । अहिले यहि, नाम स्थापित छ । यसैको सत्ता छ । यो झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको राजनीतिक पार्टी हो र प्रचण्ड यसका प्रभावशाली अध्यक्ष मध्येका एक ।

नेकपाभित्रका प्रयोग     

नेकपाभित्र प्रचण्डले दुई खाले प्रयोग जारी राखेका छन् । ललितपुरमा माधव नेपाल झलनाथ खनाललगायतसँगको गोप्य वार्ता र चन्द्रागिरीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेललगायतसँगको दोस्रो वार्ता ।

चुनावी आँकडा र खसेका मतको विश्लेषणका आधारमा प्रचण्डले पूर्वएमालेसँगको एकीकरणलाई तिव्रताका साथ अघि बढाउने सोच लिएका थिए । खासगरी अलोकप्रिय मत र झिना मतान्तरले तत्कालिन माओवादीको गठजोड जीतलाई हेर्ने हो भने तत्कालिन एमालेको वैशाखीभन्दा अर्को विकल्प थिएन । त्यसैले उनी एकीकरणका लागि ओली भन्दा आफू सक्रिय भए, एकीकरण टुंगो लगाउन

यसका पछिल्ला परिणाम यसरी देखिँदैछन् ।

प्रचण्ड जब–जब सुकुटे जान्छन् त्यसको गहन अर्थ हुन्छ– सफलता । कुनै गम्भिर विषयको निर्णय गर्न सफल भएपछि उनी ‘सुकुटे रिल्याक्स’को प्रयोग गर्छन् ।

शुक्रबारविहान सुकुटेबाट उनको एउटा तस्बिर बाहिरियो– मर्निङ वाकको । नव एलिट शैलीमा उनको त्यो मर्निङ वाक पनि खुशीको संकेत नै थियो । र, त्यो हो संगठनमा आफू हावी भएको संकेत ।

ओली र प्रचण्डबीच सहमति भइसकेको छ । पूर्वएमाले र पूर्वमाओवादीबीच ४५ र ३२ जिल्लाका अध्यक्ष लिने निश्चित भएको छ । तर, कुरो नमिलेको खण्डमा प्रचण्डले थप २ जिल्लाको अध्यक्ष छाड्ने बचन ओलीलाई दिएका छन् । तैपनि आफू ५१ प्रतिशत भन्दा बढी जिल्ला नेतृत्वमा हावी हुने ढुक्क भएपछि प्रचण्ड सुकुटे डिनरमा पुगेका हुन् ।

ओली र प्रचण्डबीच भएको चन्द्रागिरी सहमति के हो भने, जहाँ पूर्वएमालेको अध्यक्ष हुन्छन् त्यहाँ सचिव पूर्वमाओवादीको हुनेछ । र, जहाँ पूर्वमाओवादीको नेतृत्व रहन्छन् त्यहाँ पूर्वएमालेका सचिव हुनेछन् । प्रचण्ड के कुरामा ढुक्क छन् भने पूर्वएमालेको नेतृत्व भएका जिल्लाका केही प्रतिशत अध्यक्ष उनकै पोल्टाका हुनेछन् भने सचिव त सबै नै आफ्नै मात्र रहनेछन् ।

यता, आफ्ना भागमा परेका अध्यक्ष सहित पूर्वएमाले तर्फबाट हुने सचिव पनि आफ्नै भागमा पर्ने निश्चित पारेपछि उनी ‘रिल्याक्स मुड’मा सुकुटे पुगेका थिए, बाँकी तनावको जिम्मा ओली–नेपाललाई छाडेर ।

‘प्रचण्ड अगाडी देखिने जोखिमको भित्रि समाधान गरेर रिल्याक्स गर्ने प्रवित्तिबाट कहिले पनि पर छैनन् । यसपटक चन्द्रागिरी बैठकमा कुरो मिलेपछि आफ्ना खल्तीका नेता बोकेर उनी सुकुटे पुगेका हुन्’, उनीनिकट रहेर काम गरेका एक पूर्वमाओवादी भन्छन्,‘चाहे त्यो गोकर्ण होस् अथवा अन्यत्र जाने हठात् निर्णय, केही जोखिमपूर्ण निर्णय आफ्ना पक्षमा पारेपछि उनले यस्तै गर्दै आएका छन् ।’

चुनावी आँकडा र खसेका मतको विश्लेषणका आधारमा प्रचण्डले पूर्वएमालेसँगको एकीकरणलाई तिव्रताका साथ अघि बढाउने सोच लिएका थिए । खासगरी अलोकप्रिय मत र झिना मतान्तरले तत्कालिन माओवादीको गठजोड जीतलाई हेर्ने हो भने तत्कालिन एमालेको वैशाखीभन्दा अर्को विकल्प थिएन । त्यसैले उनी एकीकरणका लागि ओली भन्दा आफू सक्रिय भए, एकीकरण टुंगो लगाउन ।

उनको राजनीतिक दाउपेच र खेललाई हेर्दा पनि यो सहज विश्लेषण गर्न सकिन्छ । तत्कालिन नेकपा माओवादीभित्रै पनि मोहन वैद्य र डा. बाबुराम भट्टराईका दुई विचारको उतारचढावको बहावमा एक्लैले मात्र नेतृत्व गरेका थिए ।

प्रचण्ड प्रयोगवादी पुत्ला भएको नजिर चितवनमा प्रतिनिधि सभामा आफूले चुनाव जित्नका लागि स्थानीय चुनावमा विरोधी रहेका देवी ज्ञवालीको प्रयोगमात्र होइन, भरतपुर महानगरमा छोरी रेणु दाहाललाई जिताउनका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई गरेको प्रयोग पनि थियो ।

त्यत्तिका लागि उनले त्यसैबेला कांग्रेससँग केन्द्रीय सत्ता साझेदारी गरेका थिए । आम निर्वाचनमा फेरि सत्तामा पुग्नका लागि कांग्रेससँगको संयुक्त सरकारमा रहँदा रहँदै तत्कालिन नेकपा एमालेसँग चुनावी गठजोडको घोषणा गरिदिए ।

एक विश्लेषक भन्छन्,‘दुनियाँमा रुलिङ पार्टीले चुनावी मुखमा सरकारमा रहेकै बेला कुनै प्रतिपक्षीसँग गठबन्धन गरेको इतिहाँस नेपालमा भन्दा कहाँ देख्न पाइन्छ ? हो, प्रचण्ड यस्तै प्रयोगकर्ता हुन् ।’

नैतिक रूपमा व्याख्या गर्दा यो प्रयोग मिठो नलागे पनि राजनीतिक दाउपेचको खेलमा भने एउटा नेतृत्व सँधै शक्तिमा रहन सक्ने गतिलो प्रयोग पनि मान्छन् कतिपय । त्यसैले त प्रचण्डले पनि बेलामौका भन्ने गरेका छन्,‘राजनीति भनेको सम्भावनाहरूको खेल हो ।’ पछिल्लो पटक एकीकरण घोषणा सभाका क्रममा सभागृहमा उनले यही भनेर आफूलाई पुष्टि गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित