३० आश्विन २०८३, शुक्रबार

कतारबाट नेपाल सरकारलाई ज्ञापन पत्र

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उद्धव मगर

दोहा कतार । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले दोहास्थित नेपाली नियोग प्रमुख प्रोफेसर रमेशप्रसाद कोइरालामार्फत नेपाल सरकालाई ज्ञापन पत्र बुझाएको छ ।

राज्यद्वारा विधुतीय ऐनको दफा ४७ र ४८ अन्तर्गत देशभरिबाट समाचार लेखेकै भरमा पत्रकारहरूलाई पक्राउ गर्न थालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको महासंघले विधुतीय ऐनको दफा ४७ र ४८ को खारेजी पत्राउ परेका पत्रकारहरुको विना शर्त रिहाई जस्ता माग राखेर आन्दोलन चर्काए लगत्तै कतार शाखाले महासंघको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै कतारबाट सरकारकरो नाममा ज्ञापनपत्र बुझाएको हो ।

राज्यद्धारा पत्रकारलाई विधुतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ निस्वार्थ प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछी महासंघ धर्ना बस्ने विरोध पत्र बुझाउने लगाएत आन्दोलनको तालिका समेत तयगरी सार्वजनिक गरेको छ ।

गत बुधबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै सबै शाखाहरु पत्रकारहरु र सञ्चार माध्ययामहरुलाई आन्दोलनलाई सफल पार्न आव्हान गरेका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाको तर्फबाट प्रतिनिधी मण्डलमा सचिव दिलकुमार श्रेष्ठ, सल्लाहाकार क्रान्ति सिंह र पूर्व उपाध्यक्ष् चिरञ्जीवी तिमिल्सिना सहभागी थिए ।