७ कार्तिक २०८३, शनिबार

सेनालाई राजनीतिक भेटमा कडाइ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचार संहिता सेनाले तयार पारेको छ।

बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको बताए। उनले भने, ‘जंगीअड्डालगायत सबै सैनिक अंगमा एक सातासम्म सैनिक आचार संहिताका कक्षा सञ्चालन हुनेछ।’ जंगीअड्डाले शुक्रबार सैनिक आचार संहिता संग्रह—२०७६ सार्वजनिक गर्दै छ।

आचार संहिता कार्यान्वयनपछि कुनै पनि विदेशी संघसंस्थाका अधिकारीले स्वीकृतभन्दा बाहेक सैनिक संगठनभित्र कक्षा सञ्चालन गर्न पाउने छैनन्।

यस्तै स्वीकृतिबिना सैनिक अधिकारीले कूटनीतिक भेटघाट गर्न पाउने छैनन्। जंगीअड्डाको विदेश शाखाबाहेक अन्य शाखाबाट विदेशी नियोगलाई पत्राचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनबमोजिम नेपाली सेनाले संगठन सुदृढीकरणका लागि आचार संहिता बनाएको हो। संगठनको गोप्य सूचना चुहाए वा अनावश्यक टीकाटिप्पणी गरे त्यस्ता कार्य दण्डनीय हुने आचार संहितामा उल्लेख छ।

आफूलाई फाइदा पुग्ने गरी सैनिक अधिकारीले नीतिनियम बनाउन लबिङ गर्न पाउने छैनन्। हरेक सैनिक कमान्डरले यौनजन्य दुव्र्यवहार र लैंगिक विभेदरहित वातावरण बनाउनुपर्नेछ। नेपाली सेनाले उपहार लेनदेनमा समेत कडाइ गरेको छ।