३० आश्विन २०८३, शुक्रबार

बेल्जियममा नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स। नेपाली नयाँ वर्ष २०७६ को अवसर पारेर प्रवासी मुलुक बेल्जियममा शुभकामना आदान प्रदान तथा नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा राजधानी ब्रसेल्समा नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा महासचिव श्रृजना कार्कीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले बेल्जियमको ब्रसेल्समा थोरै नेपाली समुदाय भएपनि नेपाली चाडपर्व मनाउने, नेपाली पाठशाला तथा फुटबल क्लब संचालन गर्ने जस्ता महत्वपूर्ण गतिविधिले नेपाली भाषा कला र लोक संस्कृतिको संरक्षणमा टेवा पुगेको बताए ।

कार्यक्रममा एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष गंगाधर गौतम, संस्थापक अध्यक्ष पारस गौतम, केन्द्रका उपाध्यक्ष नारायण सापकोटा, बेल्जियम स्थित आन्दरलेक कमिनका सल्लाहकार अमिर शनि लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली राष्ट्रिय गान सँगै सुरु भएको कार्यक्रममा नेपाल ब्रसेल्स बाल सास्कृतिक केन्द्रका बालबालिकाहरूको प्रस्तुतीले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।