७ कार्तिक २०८३, शनिबार

बजेटमात्रै छरियो, विकास छैन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । स्थानीय निकायको निर्वाचन भएको २ वर्ष पुग्नै लाग्दा जनप्रतिनिधिहरुलाई आफूहरुको बाचा पुरा गरेर देखाउन हम्मेहम्मे परेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

एकातिर कर्मचारी समायोजनको शिलशिलामा स्थानीय निकायहरु कर्मचारी विहिनताको अवस्थामा पुगेका छन् भर्ने अर्कातिर जनप्रतिनिधिहरुले आफूले चुनावि भाषणमा बोले अनुसारको विकास गर्न प्रयाप्त बजेट तथा कर्मचारीको अभावमा समस्या हुने गरेको जिल्ला समन्वय समिति मकवानपुका प्रमुख रघुनाथ खुलालले बताए ।

जिल्लाका अधिकांश स्थानीय तहको समग्र विकासमा कम बजेटमा धेरै सङ्ख्यामा आयोजनाहरु पुरा गर्नुपरेको प्रमुख खुलालले बताए । जनप्रतिनिधि आएपछिको पहिलो २ वर्ष भौतिक पुर्वाधारले मात्र स्थान पाएको देखिएको छ ।

स्थानिय तहहरूमा रणनीतिक तथा दीर्घकालिन योजनाहरूले स्थान नपाएको प्रस्ट देखिएको छ । प्रदेश सरकारले ठूलो योजनाहरुलाई प्राथमिकता दिनु पर्ने रणनीतिक योजना बनाइरहेको बेला मकवानपुर जिल्लाको १० वटै स्थानीय निकायहरुमा भने ५० हजारदेखि २ लाखका स–साना टुक्रे योजनाहरूले प्राथमिकता पाएको छ ।

यसरी बजेट छरेर गरिने विकास प्रभावकारी र दीगो नहुनेभएपनि जनताको मागलाई सम्बोधन गर्नुपर्ने बाध्यता रहको जनप्रतिनिधिहरुले स्वीकार गरेका छन् । छरिएको बजेटले विकास निर्माणका कुनै पनि कार्यमा योगदान नरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलाल स्वीकार गरे ।

जिल्ला समन्वय समिति मकवानपुरकाले चैतको दोस्रो र तेस्रो साता जिल्लाको १० वटै स्थानिय तहमा अनुगमन ग¥यो । स्थानिय तहबाट सञ्चालित योजनाहरूको अन्तिम चौमाससम्म करिब ४० प्रतिशत काम भयको छ ।

कर्मचारी अभाव, सिमा विवाद, खानि उत्खनन्, सामानहरूको दररेट, चुरे कटान, निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका कारण स्थानिय तहमा योजनाहरू सम्पन्न गर्न कठिनायि भएको प्रमुख खुलाले बताए ।

‘स्थानिय तहले अल्पकालिन र दीर्र्घकालिन रूपमा योजनाहरू तय गर्नुपर्ने, तर त्यो व्यवहारतः भएकै पाइएन,’ प्रमुख खुलाले भने ‘देखिने प्रकारको काम गर्न खोज्दा सामाजिक विकासको पक्ष त झनै ओझेलमा परेको पाइयो ।’ सबै जनप्रतिनिधिहरुलाई आफ्नो कार्यकालका गरेको काम देखाउनु पर्ने होडको कारण पनि सामाजिक विकासको पाटो ओझेलमा परेको उनको भनाइ छ ।

जिल्लाको मकवानपुरगढी गाँउपालिकामा यस बर्ष ६५८ वटा, हेटौंडा उपमहानगरपालिकामा ६००, मनहरी गाँउपालिकामा ४६३ वटा, बकैया गाँउपालिकामा ४०० वटा, बाग्मतीमा ३१७ वटा, राक्सिराङ गाँउपालिकामा ४०१, इन्द्रसरोवर गाँउपालिकामा २९४, कैलाश गाँउपालिकामा ६२२, भिमफेदीमा ४८५ वटा योजनाहरु सञ्चालनमा रहेका छन् ।

जिल्लाको थाहा नगरपालिकाले भने ५ लाख भन्दा बढीका १०१ वटा आयोजनाहरु मात्र स्विकृत गरेको छ । मकवानपुर जिल्लाका अधिकांश बजेटका भौतिक निर्माणका आयोजनाहरु सञ्चालन भएको तर मानविय विकासमा भने शून्य रहेको जिल्ला समन्वय समितिका उप प्रमुख भगवती पुडासैनिले बताइन् ।

‘मागको आधारमा लागु गरिने योजनाहरुपनि सामाजिक विकासको कुरा पछाडी नै रहेका छन्’ उपप्रमुख पुडासैनीले भनिन् ‘२ वर्षपछि चाँही सामाजिक विकास नेतृत्व विकासको कार्यक्रम माग हुन्छ होला, अहिले यि कार्यक्रमको माग पनि कमै छ ।’

मकवानपुर जिल्लामा रहेका स्थानीय तहहरुको आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा समग्रमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ । कुनै स्थानिय तहमा धेरै बजेट खर्च भएको छ भने कुनै स्थानिय तहमा थोरै रकम खर्च भएको पाइएको छ ।

स्थानिय तहहरु मध्ये सबै भन्दा धेरै हेटौडा उपमहानगरपालिकामा ६५ प्रतिशत र थोरै इन्द्रसरोबरमा १४ प्रतिशत बजेट खर्च भएको छ । थाहा नगरपालिकामा ५२ प्रतिशत, भिमफेदी गाँउपालिकामा ४३ प्रतिशत, मनहरी ३८ प्रतिशत, मकवानपुर गढी ३८ प्रतिशत, बकैयामा ३३ प्रतिशत बजेट खर्च भएको तथ्याङकले देखाएको छ ।

यस्तै राक्सीराङ गाँउपालिकामा ३० प्रतिशत र कैलास गाँउपालिकामा १५ प्रतिशत रकम खर्च भएको छ । कम बजेट खर्च भएका गाँउपालिकाले कर्मचारीको अभाब, भौगोलीक बिकटता जस्ता कारण देखाएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरले गरेको अनुगमनको क्रममा सबै भन्दा मुख्य समस्या कर्मचारीको अभाब रहेको पाइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघु नाथ खुलालले बताए ।

यस्तै अनुगमनको क्रममा गाँउपालिकाहरुमा टुक्रे योजना,सिमा बिबाद,भौतिक पुर्बाधारको बिकासमा जोड,खानि उत्खननको समस्या जस्ता समस्या देखिएको पनि खुलालले बताए । अनुगमनको क्रममा जिल्ला समन्वय समिति मकवानपुरको तर्फबाट अपनत्व ग्रहण गर्नु पर्ने,दिर्घकालिन योजना बनाउनु पर्ने जस्ता सुझाब दिइएको पनि खुलालको भनाइ छ ।