सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

बालुवाटारको सरकारी जग्गा किन्ने विवादास्पद व्यापारीलाई सरकारी पुरस्कार

दैनिक नेपाल २०७६ वैशाख ३ गते १३:३७

काठमाडौं, ३ वैशाख । बालुवाटारको सरकारी जग्गा किन्ने भाटभटेनी सुपरमार्केटका विवादास्पद व्यापारी मीनबहादुर गुरुङले सुप्रवल जनसेवा श्री पदक पाएका छन् ।

नेपाल सरकारको सिफारिसमा व्यापारी गुरुङलाई आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पमाणपत्रले सम्मान गरेकी हुन् ।

महत्वपूर्ण योगदान गरेकालाई सरकारले प्रत्येक वर्ष मानपदवी दिएर सम्मान गर्ने परम्परा छ । ९६ जनाले राष्ट्रपति भण्डारीले सुप्रवल जनसेवा श्री पदक प्रदान गरेकी हुन् ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष समेत रहेका व्यापारी गुरूङले बालुवाटारको सरकारी जग्गा किनेको रहस्य बाहिर आएपछि पुनः एकाएक चर्चा छन् ।

व्यापारी गुरूङले भ्याट छली गरेको भन्दै नेपाल सरकारले कालो सूचीमा राखेको छ । राजस्व न्यायाधीकरणले समेत गुरुङलाई कर छलीमा दोषी ठहर गरिसकेको छ ।

गुरूङको मुद्दा २०६६ सालदेखि शुरू भएको थियो । आन्तरिक राजस्व विभागले विभिन्न व्यापारिक घरानाले कति कर छलेका छन् भनेर छानबिन गरेको थियो ।

भाटभटेनी सुपरमार्केटले नक्कली बिल बनाएर ९ करोड भ्याट छलेको भन्दै रकम तिर्न विभागले भनेको छ ।

आयात नै नगरी नक्कली बिल बनाएर भ्याट छलेको भन्दै विभागले कर, त्यसको साँवाब्याज र जरिवानासमेत तिर्न पत्र पठाएको थियो ।

पत्रविरूद्ध विभागका महानिर्देशकसमक्ष भाटभटेनीका सञ्चालक गुरूङले पुनरावेदन दिए । महानिर्देशकले पनि उक्त कर तिर्नैपर्ने निर्णय सुनाएका थिए ।

व्यापारी गुरूङले महानिर्देशकको निर्णयविरूद्ध राजस्व न्यायाधीकरणमा मुद्दा हालेका छन् । न्यायाधीकरणले पनि गुरूङलाई नै दोषी ठह¥याएको छ ।

त्यति मात्रै होइन गुरुङ न्यायाधीकरणको फैसला खारेज गर्न माग गर्दै भन्दै सर्वोच्च अदालत गएका थिए । ०७३ सालदेखि गुरूङको उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया
सम्बन्धित