बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

दुई जिल्ला जोड्ने सडक सिलान्यास

दैनिक नेपाल २०७६ वैशाख ३ गते १३:१७

उदयपुर, ३ वैशाख । उदयपुर र खोटाङ जिल्ला जोड्ने सडकको मंगलबार एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ को अमिलिखर्कबाट शुरु भएर खोटाङ जिल्लामा जोडिने उक्त सडकको प्रदेश सांसद विमल कार्कीले शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको वहुवर्षीय योजना अनुरुप पहिलो वर्षको काम शुरु गरिएको हो । ७ मिटर चौडाइँ र ४२ किलोमिटर लामो उक्त सडकको पहिलो वर्ष चालु आर्थिक वर्षमा करीव ५ किलोमिटर काम सम्पन्न गरिने अनुगमनको जिम्वेवारी पाएको पूर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

बाँकी काम तीन बर्ष भित्र सम्पन्न गर्ने गरी अगाडि बढाइनेछ । उनले भने, “प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाइ, केही काममै अवरोधकाकारण ढिला भयो, बाँकी वर्षलाई अब सहज हुन्छ ।” समय ढिला भएकाकारण यो वर्ष ९१ लाख ७५ हजार ७ सय २२ रुपियाँ ३२ पैसा बराबरको काम हुने उनले बताए ।

सडक ०७६ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी पुर्वाधार कार्यालयले ०७५ चैत्र २० गते स्वामी नारायण–राउत जेवीसँग सम्झौता गरेको छ ।

प्रदेश सरकारले आगामी वर्ष २ नम्बर प्रदेशअन्र्तगतको सप्तरी जिल्लाको महुली (अन्तरप्रदेश) जोड्ने गरी यो सडक महत्वका साथ निर्माणको योजना अघि सारेको प्रदेश सांसद कार्कीले बताए ।

चौदण्डीगढी नगरपालिकाको अमिलिखर्क–हडिया–ज्यामीरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जिल्ला जोडिने सांसद कार्कीले बताए ।

प्रदेश सरकारले चालु आर्थिक बर्षमा खर्च गर्ने गरी दुई करोड रूपिँया वजेट विनियोजन गरेको थियो । तर समयमा अख्तियारी आईनपुगेको र सर्वेकाक्रममा केहि विवाद सृजना हुँदा वजेट खर्चमा समस्या परेको हो ।

प्रतिक्रिया
सम्बन्धित