अमेरिका । अमेरिकामा सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाइटीद्वारा आयोजित नयाँ वर्ष २०७६ सांगीतिक साँझ भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा गायक तिलक बम मल्लले विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा उपस्थिति नेपालीहरू सांगीतिक कार्यक्रममा नाचेका थिए ।
गायक मल्लले ‘लुम्लेको हावाले’, ‘टेक्सी गुड्यो सरर’ लगायतका गीतहरू गाएका थिए ।
कलाकार भुवन राई, जगदीश यादब र सौरभ जोजिजुले पनि सांगीतिक प्रस्तुतिहरू दिएका थिए । कलाकार ललिता पौडेल र अनिल चपाईंले नृत्यु प्रस्तुति गरेका थिए ।
कमला भट्टराई क्षेत्री, अनिशा सुबेदी, स्मृति देबकोटा, सुप्रिमा न्यौपाने, सुदीका अर्याल, अरिना बस्नेत, कृषा पाण्डे, रक्षा नेपाल, पूर्णिमा पाठक, ईच्छा क्षत्री, अग्रिमा शर्माहरूले सांगीतिक कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।
जगन निरौला, ईश्वरी बगाले र जगदीश यादबले कार्यक्रममा ‘अमेरिकामा भ्रष्टाचर गर्न पाइन्न ?’ नाटकमा प्रस्तुति दिएका थिए ।
एनआरएन च्याप्टरका कोषाध्याक्ष ललन देवको डिजे नाइटले पनि विशेष प्रस्तुति दिएका थिए ।
बाबुराम सापकोटा र हिमालयन खेलकुद क्लबका अध्यक्ष सुरज घिमिरेले म्युजिक सिस्टममा सहयोग गरेका थिए ।
सिकागोमा बिगत ४० वर्षदेखि बस्दै आएका वरिष्ठ समाजसेवी शारदा थापाको प्रमुख आथित्यतामा सम्पन्न नयाँ वर्षको शुभकामना कार्यक्रममा वरिष्ठ समाजसेवी तथा एनआरएन अमेरिकाका उपाध्यक्ष पदका उम्मेदवार बाला घिमिरे, महासचिव पदका उम्मेदवार तथा हालका बोर्ड अफ डाइरेक्टर गोपेंद्र भट्टराई, बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार सत्य चौधरी र तिलक केसीपनि रहेका थिए ।
इण्डियाना च्याप्टरका सभापति राजीव श्रेष्ठले पनि सहभागी नृत्यकारलाई प्रमाण पत्र वितरण गरेका थिए ।

















प्रतिक्रिया