सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

विप्लवका अध्यक्षलाई राष्ट्रपतिद्वारा विभूषणबाट सम्मानित

दैनिक नेपाल २०७६ वैशाख ३ गते ७:४४

काठमाडौं, ३ वैशाख । ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् ।

प्र्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययनअध्यापनमा अब्बल छ ।

प्रतिक्रिया
सम्बन्धित