बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ

दैनिक नेपाल २०७६ वैशाख ३ गते ७:१२

काठमाडौं, ३ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन् ।

कतार एअरवेजबाट सोमबार बिहान कतारको दोहा उड्न लागेका पोल्यान्डका नगरिकहरू मक्सीमिलियन वेग्लोवस्की र जाकुब स्टेकीलाई प्रहरीले पक्राउ गरेको हो।

चेकजाँचका क्रममा उनीहरूबाट अमेरिकी डलर १९ हजार ७००, इरो १० हजार २०० र ५८ हजार रुपैयाँ भेटिएको छ ।

बरामद मुद्रा र उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपराध अनुसन्धान शाखाले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उच्च सुरक्षाकर्मीहरू नै तस्करहरूसँगको मिलोमतो भएको भन्दै आलोचना बढी रहेका बेला विदेशी अबैध पैसा बरामद भएको छ ।

प्रतिक्रिया
सम्बन्धित