३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा ‘नेपाल डे परेड’

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । कोलोराडोको सबै भन्दा पुरानो संस्था रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा ‘नेपाल डे परेड २०७६’ सम्पन्न भएको छ ।

हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महावाणिज्य दूत प्रेम राजा महतको उपस्थिति रहेको थियो ।

बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झन्डा, ह्याप्पी न्यु यियर, यु यस नेपाल फ्रेन्डशिप लेखेको प्लेकार्ड ब्यानर बोकी नेपाली सङ्गीतमा गीत गाउँदै हर्सोउल्लास तथा मनोरञ्जनका साथ नगर परिक्रमा गरेका थिए । बोल्डर सहरको ब्यान्डसेलबाट सुरु भएको परेडमा सहभागी नेपालीहरू दौरा सुरुवाल, ढाका टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर सहभागी भएका थिए ।

आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचान दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै, प्रमुख अतिथि महावाणिज्य दूत प्रेम राजा महतको प्रस्तावलाई कार्यसमितिमा राखी पास गराउने प्रतिबद्धता जनाए ।

कोलोराडो स्थित बोल्डर सिटी एन्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरूको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।