सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

देशभर असिनासहित वर्षा, तीन दिनसम्म आकाश नखुल्ने

दैनिक नेपाल २०७६ वैशाख २ गते १८:२९

काठमाडौं, २ वैशाख । पश्चिमी वायुको प्रभावका कारण सोमबार अपरान्ह बर्षा भएको छ । सोमबार देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद्हरुले बताएका छन् ।

वर्षा सोमबार रातिसम्म जारी रहने छ । तर पछिल्लो समय मौसममा आएको बदली भने अझै तीन दिनसम्म जारी रहने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान आकाश केही खुले पनि बेलुका पख हल्कादेखि मध्यम वर्षा हुने छ ।

आगामी बिहीबारसम्म कुनै कुनै ठाउँमा हल्का घाम लाग्ने भएपनि कतिपय स्थानमा बादलसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित