सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

जग्गामा ठगीसम्बन्धी समाचार लेख्दा पत्रकार गिरी पक्राउ

पत्रकार महासंघकाे आपत्ति

दैनिक नेपाल २०७६ वैशाख २ गते १६:५६

काठमाडौं, २ वैशाख । समाचार लेखेकै आधारमा पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा विवादसम्बन्धी समाचार लेखेका गिरीलाई प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको छ ।

ताण्डव न्युज साप्ताहिक र ताण्डवन्युज डट कमका सम्पादक गिरीले व्यवसायी विपीन (विपेन्द्र) बतासले जग्गामा ठगी गरेको समाचार लेखेका थिए । बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको आरोप समाचारमा लगाएका छन् ।

विपीनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेको जनाएको छ ।

यसैबीच पत्रकार गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। गिरी नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य पनि हुन्।

प्रतिक्रिया
सम्बन्धित