बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

बुद्धकृष्णले सातौँ पटक छेडे जिब्रो, सकियो जात्रा

दैनिक नेपाल २०७६ वैशाख २ गते १६:२१

काठमाडौं, २ वैशाख । जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाएका छन् । चैत मसान्तको दिन मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार सकिएको छ ।

बुद्धकृष्ण सोमबार सातौँ पटक जिब्रो छेडाएपछि जात्रा सकिएको हो । विधिपूर्वक सोमबार तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले बुद्धकृष्णको जिब्रो छेडिएको हो ।

ब्रत बसेर विधिपूर्वक पूजापाठ गरी उनले यो वर्ष सातौं पटक जिब्रो छेडे । सम्पूर्ण भक्तजन तथा दर्शकका अगाडी नै तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो उनको जिब्रो छेडिएको थियो ।

विभिन्न जात्राहरु मनाइने काठमाडौंमा जिब्रो छेड्ने जात्रालाई एक साहसीक जात्राको रुपमा लिइन्छ ।

प्रतिक्रिया
सम्बन्धित