बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

कञ्चनपुरमा युवकको शव भेटियो, हत्या आशंकामा युवती पक्राउ

दैनिक नेपाल २०७६ वैशाख २ गते १३:२८

काठमाडौं, २ वैशाख । कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका युवकको शव फेला परेको छ । चार दिन देखि हराइरहेका कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो ।

गाउँ नजिकैको खोलामा बडायकको शव फेला परेको प्रहरीले जनाएको छ । उनले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवतीसहित केहीलाई पक्राउ गरेको छ । टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित