सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

हर्रोले दिन्छ अनेकौँ फाइदा

दैनिक नेपाल २०७६ वैशाख २ गते १०:५४

काठमाडौं । हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।

कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ ।

नियमित हर्रो खाएमा पेट सफा हुन्छ । एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।

हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

प्रतिक्रिया
सम्बन्धित