सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

यो हो नेपाली युवतीहरूको विदेशमा धन्दा, देशकै नाम बदनाम गरे

दैनिक नेपाल २०७६ वैशाख २ गते ९:५९

काठमाडौं, २ वैशाख । केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ ।

केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिलाबारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरूलाई नियन्त्रणमा लिएको हो ।

गैरकानूनी यौनधन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने नेपाली युवतीहरू तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । नेपाली युवतीहरूको नाम भने खुलाईएको छैन ।

नेपाली युवतीहरू मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म पुगे भन्नेबारेमा जानकारी नभएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित