सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

ओलीको आलोचना गर्ने माधव नेपाललाई विष्णु रिमालको गज्जवको सुझाव

दैनिक नेपाल २०७६ वैशाख २ गते ८:५१

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको कामकारबाहीबाट विपक्षी दलहरू आत्तिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले सरकारले एकपछि अर्को गर्दै राम्रा काम गरेको बताए । ‘सरकारले दिन दिनै राम्रा काम गरेको छ । कांग्रेससहितका विपक्षी दलहरूलाई सैह्य भएको छैन’, उनले भने, ‘सरकारविरुद्ध आन्दोलन गर्छुभन्नु उचित होइन ।’

सरकारले गरेका कामबाट जनता खुसी भएको प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताए । ‘जनताको मत पाएर आएको सरकारले गरेका कामहरू राम्रा छन्’, उनले भने, ‘बजेट आउँदै छ । वृद्ध भत्ता बढ्छ । अरु पनि राम्रा कार्यक्रम आउँछन् ।’ सरकारले बनाएको एकवर्षको जगमा रहेर नयाँ बजेटमा कार्यक्रम आउने उनले बताए ।

नेकपाको पार्टी समायोजनको कुरा पनि सम्पन्न हुने उनले बताए । ‘वैशाख ९ गते पार्टी स्थापना दिवस छ । त्यसभन्दा अगाडि केन्द्रीय सचिवालय बैठक बस्छ’, ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘एमाले र माओवादी केन्द्रबीच समायोजन हुन बाँकी कुरा सबै टुंगिन्छ ।’

नेता नेपाललाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको जथाभावी आलोचना नगर्न सल्लाह दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी समायोजनमा देखाएको विवादका विषयमा रिमालले आक्रोश व्यक्त गरे ।

‘माधवकुमार नेपाल शीर्ष नेता हो । उहाँले माग राख्ने होइन । माग त हामीले हो राख्ने’, उनले भने, ‘माधव नेपालजीहरूको कुनै समस्या रहेछ भने छिटै बस्ने केन्द्रीय सचिवालयले कुरा मिलाउला ।’

रिमालले देशबाट भ्रष्टाचार उन्मुलन हुने अवस्थामा रहेको दाबी गरे । ‘केपी ओलीले सरकारको नेतृत्व सम्हालेपछि भ्रष्टाचार धेरै घटेको छ’, उनले भने, ‘धेरैलाई कारबाही पनि भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित