सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

प्रदेश २ मा सोमबार सार्वजनिक विदा, मन्त्री आफैले निकाले विज्ञप्ति

दैनिक नेपाल २०७६ वैशाख २ गते ८:२१

धनुषा, २ वैशाख । प्रदेश २ सरकारले आज वैशाख २ गते सोमबार जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएका हुन ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरि शीतलता, सुख, शान्ति, एवं दीर्घायुको कामना गरी आशीर्वाद दिने चलन छ ।

रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

प्रतिक्रिया
सम्बन्धित