बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

संस्थानका जग्गा प्लटिङ गरी बिक्री

दैनिक नेपाल २०७६ वैशाख २ गते ७:२१

काठमाडौं, २ वैशाख । निजीकरण भएका संस्थान सम्झौता तथा प्रस्तावनाअनुसार सञ्चालनमा नआएको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिवेदनअनुसार ६ वटा त्यस्ता संस्थान निष्क्रिय रहेको र सम्पत्तिको दुरुपयोग भइरहेको छ। हरिसिद्धि इँटाटायल कारखानाको जग्गासमेत प्लटिङ गरी बिक्री भएको छ। तर, सम्बन्धित निकाय र मन्त्रालयबाट कारबाही नभएको प्रतिवेदनमा छ।

रोजगारी तथा उत्पादनमा टेवा पु¥याउने शर्तमा १८ वटा संस्थान निजीकरण भएका छन्। तर तीमध्ये ६ वटा संस्थान निष्क्रिय छन्।

भृकुटी कागज कारखाना, हरिसिद्धि इँटाटायल कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, काँचो छाला संकलन तथा बिक्री कम्पनी, बालाजु कपडा उद्योग, विराटनगर जुट मिल्स मृतप्रायः अवस्थामा छन्।

सञ्चालितमध्ये नेपाल बिटुमिन तथा ब्यारेल उद्योग, नेपाल बैंक लिमिटेड, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, नेपाल दूरसञ्चार कम्पनी नाफामा छन्।

चलचित्र विकास कम्पनी पुनः बिक्री भएको छ। रघुपति जुटमिल्सको जग्गा विवादमा छ। नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड घाटामा छ।

प्रतिक्रिया
सम्बन्धित