बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

प्रचण्डकी जेठ्ठी बुहारी सृजनाको स्वभाव त्यसबेला कस्तो थियो ?

दैनिक नेपाल २०७६ वैशाख १ गते १३:३७

काठमाडौं, १ वैशाख ।  ‘यो किन यहाँ आई ? यसलाई तुरुन्तै निकालि हाल !’ खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरले केही महिना अघि खुमलटारमा आयोजित श्रद्धाञ्जली सभामा सृजना त्रिपाठीलाई देखेपछि यसै भनेकी थिइन् ।

त्रिपाठीलाई सभामुख कृष्णबहादुर महराका छोरा राहुलले मञ्चमा राखेपछि बिनाले उनैलाई झपारेकी थिइन् । बिनालाई सम्झाउनका लागि प्रचण्डका दुई छोरी रेणु र गंगा लागि परेका थिए । सृजना मञ्चबाट हिँडिनन् तर बिना सो ठाउँमा बसिनन् ।

आखिर, सृजनाप्रति बाहलवाला मन्त्री समेत रहेकी बिनाले यस्तो व्यवाहार किन देखाइन् ? सौता भनेरमात्र देखाइन् की सृजनाको व्यवाहार नै ठिक थिएन त ?

खुमलटारलाई नजिकबाट नियाँलिरहेका एक नेता भन्छन्,‘प्रकाशसँग प्रकारान्तरले उनको पारिवारिक सम्बन्धमा खटपट आउनु र बिना मगरसँगको अर्को बिहे गरेका कारण सृजनाको स्वभाव गलत थियो भनेर आँक्न मिल्दैन ।’

एकातिर पारिवारक समस्या हुनसक्ला तर त्यो समस्याकै कारणले कसैलाई खराब भन्न नमिल्ने उनीहरूको बुझाई छ । बरु, प्रकाशको निधन भएको एक बर्ष पुगेको स्मरण गरेका दिन बिनाले देखाएको व्यवाहारलेचाहिँ आनीबानी कसको ठिक र बेठिक भनेर आँक्न सकिने उनीहरू बताउँछन् ।

प्रचण्डको परिवारमा सबैले राजनीतिक लाभ लिए पनि सृजनाले अहिलेसम्म लिएकी छैनन् । बरु, खुमलटारबाहिर बसेरै आफ्नो दैनिकी र सामाजिक जीवन चलाइरहेका कारण गलत भन्न नमिल्ने प्रचण्डका आफन्तहरू नै बताउँछन् ।

‘प्रकाशसँग भएको बिहेका कारण बिनाले राजनीतिकसहित उक्त परिवारबाट पाउने सुविधा पाइरहेकी छन् । के सृजनाले ति सबै सुविधा उपभोग गरेकी छन् त ?’, कतिपय प्रश्न गर्छन्,‘अझ प्रकारको स्मृति कथामा सृजनाका बारेमा उल्लेख नगरेर उनीमाथि नै अन्याय भएको होइन र ?’

प्रचण्ड परिवारमा बिना आउनुअघि सृजनाले बुहारीमात्र नभएर उक्त घरको मान राख्नेगरी राम्रो व्यवाहार देखाएको कतिपयले विभिन्न समाचार माध्यममा व्याख्या नै गरेका छन् ।

यसरी जोडिएको थियो प्रकाश–सृजना सम्बन्ध

जब सामाजिक विषयमा बहस उठिरहेको थियो, सामाजिक सञ्जालमा सर्वसाधारणले प्रश्न गरे,‘सृजनासँग डिभोर्स नभई प्रकाशसँग बिहे गर्ने बिना मगरको हैसियत के हो ? त्यहाँ अधिकारी चाहिँदैन ?’ यस्ता प्रश्न र तर्कका कयन अर्काइभ अहिले पनि सामाजिक सञ्जालमा छन् ।

यद्यपि, सृजना र प्रकाशको सम्बन्ध स्थापित भएको र बिनाको बिहे कसरी भयो भन्ने सन्दर्भ यसरी जोडिन्छ ।

सृजनाको परिवार बर्दियामा थियो । सृजनाका बुबा देवकृष्ण त्रिपाठी पनि राजनीतिमा सक्रिय थिए । ०५९ सालतिर यो परिवाकार पोखरा आयो ।
२०६४ सालको मंसिर १५ गते १२ कक्षा उत्तीर्ण साथीहरु पिकनिक जाने तयारीमा जुटेका थिए । त्यति नै बेला सृजनाका बुबाले आज घरमा मान्छे आउँदैछन्, छोरी तिमी कतै नजाऊ भनेका थिए ।

प्रकाश पोखरा लेकसाइडमा आएर सृजनालाई भेटे । पहिलो भेटमा प्रकाशलाई देख्दा बित्तिकै राम्रो लागेको थियो ।

प्रचण्डको राजनीतिलाई सफल बनाउन कतिपय अवस्थामा आफू परिवारबाट टाढा हुनु परेको निजी जीवनमा ध्यान दिन नपाएको कुरा पनि प्रकाशले सृजनालाई सुनाएका थिए ।

२०६४ साल माघ ३ गते दुवै पक्षबीच विवाहको तयारी भयो । लडाकूको कडा सुरक्षाबीच भएको विवाहले राष्ट्रिय चर्चा पायो । पोखराको पृथ्वीचोकमा रहेको वाइसिएल क्याम्पमा जनवादी विवाह भयो ।

भर्खरै १८ पुगेर १९ लाग्दै गर्दा वैवाहिक जीवनमा प्रवेश गरेकी सृजनाले प्रकाश दाहालको साथ पाउँदा आफूलाई निकै भाग्यमानी सम्झिइन् । विवाहलगत्तै भारतका विभिन्न सहरहरु घुम्न पुगेको स्मरण उनले गरिन् । सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आइसकेको पार्टी, बिहानैदेखि घरमा राजनीतिक भेटघाट, बैठक नियमितजस्तो हुन्थ्यो। प्रकाश ती सबैको व्यवस्थापनमा व्यस्त हुन्थे । सृजना घरको व्यवस्थापन र्गिन् । विवाहको तीन वर्षपछि वि.सं. २०६७ साल मंसिर १ गते छोरा जन्मियो ।

जब प्रकाश र बिना मगरको सम्बन्धको चर्चा चल्यो। उनी केही समय छोरासहित माइत आएर बसिन् ।

प्रकाश र बिनाको साधारण भेट चलिनै रहन्थ्यो । तर यो प्रेममा त्यसबेला बग्यो, जब एउटा टोली सगरमाथा चढ्ने अभियानमा जुट्यो । प्रकाशका कारण नै त्यो सम्भव भएको थियो ।

तर, सगरमाथा चढ्ने क्रममा बेस क्याम्पमा बिना र प्रकाशको प्रेमको सांस्कृतिक अंकुर गढ्यो । कतिपयले यो सम्बन्धको बिरोध त्यहिँ गरेका थिए तर एउटाको सहयोगमा यो जोडीले बिहेसम्मको उडान भर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित