८ कार्तिक २०८३, आइतबार

बिना प्रतिशपर्धा फ्रिक्वेन्सी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । डिजिटल टेरेस्टेरियल टेलिभिजन ब्रोडकास्टिङ (डीटीटीबी)मा आधारित प्रसारण गर्न इजाजत प्राप्त संस्थालाई इन्टरनेट सञ्चालनको स्वीकृति दिने तयारी गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डीटीटीबीमा आधारित प्रसारणका लागि ५३४–५७४ फ्रिक्वेन्सी ब्रान्डमा ४० मेगाहर्ज फ्रिक्वेन्सी पाएको प्रभु डिजिटल प्रालिलाई त्यसैमा इन्टरनेट चलाउ दिने तयारी गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले भने यसको बिरोध गरेको छ। यसअघि प्रभु टेक्नोलोजीले आफूले पाएको ४० मेगाहर्ज फ्रिक्वेन्सीमध्य १५ मेगाहर्ज ब्यान्डथिमा इन्टरनेट (डाटा) सेवा सञ्चालन गर्न मन्त्रालयमा निवेदन दिएको थियो। कम्पनीले दिएको निवेदनका आधारमा मन्त्रालयले दिन मिल्ने÷नमिल्ने विषयमा अध्ययन गर्न कमिटी गठन पनि ग¥यो।

कमिटीलाई डीटीटीबीको फ्रिक्वेन्सी ब्यान्डभित्र इन्टरनेट सेवा सञ्चालन गर्न मिल्ने/नमिल्ने, प्रचलित कानुनअनुसार स्वीकृति दिन सकिने÷नसकिने, दस्तुर र प्रचलित कानुनमा प्रष्ट नभएको अवस्थामा कस्तो कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ भनी अध्ययन गर्न जिम्मा दिइएको थियो।

मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मि श्रको संयोजकत्वमा मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेष शाखाका उपसचिव अनुप नेपाल, कानुन तथा फैसला कार्यान्वयन शाखाका महेन्द्रप्रसाद साँखी, दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित सम्मिलित कमिटीले हालसम्म यो फ्रिक्वेन्सीमा विश्वमै इन्टरनेट सञ्चालनमा नरहेको तर सम्भव भने रहेको प्रतिवेदन बुझाएको छ।