८ कार्तिक २०८३, आइतबार

नेकपाको कार्यालय सुनसान, नेताहरूको घर भरिभराउ

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ ।

पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् ।

सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नु पर्ने अडान लिएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएका थिए । त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक बसेको छैन् ।